तपाई स्कुल छोडेको यदि दश बर्ष भन्दा धेरै भएको छ भने पक्कै पनि तपाईले स्कुलमा अहिलेको भन्दा फरक खालका खेम खेल्नुभएको थियो होला । ढ्याक (थेप्चो ढुङ्गालाई गोलो हुनेगरी फोरेर बनाइने), गुच्चा, डण्डिबियो, चुङ्गी, लुकिढुम, चोर पुलिस, गेम बल (चेप्टो ढुङ्गाहरुको तला तला बनाएर निश्चित दुरीबाट बलले हानेर ढलाउने खालको गेम), एकखुट्टे जस्ता गेमहरु खेलेर घर तथा स्कुलमा मनोरञ्जन लिन गरिन्थ्यो । कतिपय त गित सहित खेलिने गेम हुन्यो । 'यति यति पानी गङ्गै रानी', 'म सँग भोटे कुकुर छ कसलाई टोक्ला', 'इन्टु मिन्टु पल्टनमा' जस्ता गेमहरु ज्यादै रमाइलो लाग्थ्यो ।
आजभोलि समय र प्रविधीका विकासले गर्दा पनि स्कुले केटाकेटीहरुलाई अलि भिन्न बनाएको छ । उनिहरु आजभोली घरबाट निस्कन पनि चाँहदैनन् । कोठाभित्रै बसी मोवाइल या कम्प्युटरमा विभिन्न प्रकारका गेमहरु खेल्ने गर्दछन् कि त टेलिभिजनमा कार्टुन या अन्यो प्रोग्रामहरु हेर्नमा व्यस्त हुन्छन् । तर यहाँ यूटुबमा भेटिएको एक स्कुलमा भने निकै अनौठो गेम खेलिरहेको देखिन्छ । निकै हाँसो लाग्दो गेम जुन हेरेपछि तपाईले आफ्नो हासो खटाउन सक्नुहुदैन

यो अर्को भिडियो भने अलि उमेर गएकाले खेलेका छन् जुन निकै अनौठो र होसो लाग्दो छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.