Advertisements
भारतको गुजरातको जेतपुरमा यस्तो अनौठो घटना घटेको छ जसलाई पत्याउन पनि गाह्रो हुन्छ । मृत्यू भइसकेको भनि चितामा राखिएको शवले मलामी गएका एक मानिसको हातको औला समातेको घटना मिडियामा तहल्का मच्चाएको छ । जुन घटनाले मसानघाटमा समेत हो हल्ला मच्चाएको थियो र धेरै  मलामी डराएर भागेका थिए । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जेतपुरमा बस्दै आएका २५ वर्षीय पुरुष देवेन्द्र पंड्या मुटुरोगी थिए । धेरै ठाउँमा उपचार गराउने क्रममा बुधवार विहान उनको मृत्यु भयो । डाक्टरले उनलाई मृत घोषित गरीसकेको थियो । त्यसपछि अस्पतालबाट उनको शवलाई अन्तिम संस्कारका लागि अपराह्न जेतपुर मसान घाट लगियो । जहाँ चितामाथि राखिएको देवेन्दको शवले नजिकै रहेका आफ्ना साथीको हातको औला समाते । यो दृश्य देख्नासाथ सबै मलामीको होस नै उड्यो । त्यसपछि मलामीहरुले तत्कालै मसान घाटमा डाक्टरलाई बोलाए । डाक्टर आएको १० मिनेटपछि देवेन्द्रको मुटुको चाल आफै बन्द भयो । त्यसपछि उनलाई मृत घोषित गरियो । डाक्टरका अनुसार मसान घाटसम्म पुग्दा देवेन्द्र जिउँदै थिए । ती डाक्टरले उनलाई १० मिनेटको चेकजांचमा मुटुको धड्कन विस्तारै चलिरहेको पाएका थिए । डाक्टरले मृत घोषित गरेपछि शवको अन्तिम संस्कार गरियो । यो घटना अहिले चर्चाको विषय बनेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top