Advertisements
मधेशमा जारी आन्दोलन मधेशी दलमै नियन्त्रणमा नरहेको आरोप लागिरहँदा मधेशमा घटेका एक घट्नाले भने मधेशी दलहरलाई पनि झस्काइदिएको छ। मधेशी आन्दोलनमा चीनको झण्डा जलेपछि मधेशी दलहरु समेत सशंकित बनेका छन्। भारतसंग उक्साहटमा आन्दोलन चलाएको आरोप लागिरहँदा पनि कुनै मधेशी दलले चीनको भने विरोध गरेका थिएनन् । आन्दोलनमै चीनको झण्डा जल्न थालेपछी विषयले अर्कै मोड लिने भयले केही मधेशी दलका नेताहरु चिन्तित बनेको बताइन्छ।

मधेश आन्दोलनमा चीन विरोधी गतिविधी बढ्दा आन्दोलन भारतले नै चलाएको आरोपलाई बल मिल्ने भन्दै मधेशी मोर्चा सम्वन्ध दलका नेताहरुमा यसबारे चर्चा भएको बताइन्छ।

सुनसरीमा केही दिन अघि आन्दोलनकारीले चीनको राष्ट्रिय झण्डा जलाएका थिए। मधेसलाई उपेक्षा गरेर जारी गरिएको संविधानलाई चीनले समर्थन गरेर चीन विरुद्ध नारावाजी समेत भएको थियो ।

झण्डा जलाएको विषयमा संयुक्त मधेशी मोर्चाले बिरोध जनाउँदै विज्ञप्ती जारी गरेपनि मधेशी दलबाट चीन आश्वस्त नभएको खबर मोर्चाका नेतासमक्ष पुगेपछी छटपटी बढेको बताइन्छ। - नेपालहेडलाइन



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top