Advertisements
भनिन्छ मृत्यु र जीवन भगवानको हातमा हुन्छ । तर यहाँ तिन सालको बच्चा मृत्युलाई छल्दै वापस आएकी छिन । तिन सालकी एलिसी निपर नाम गरेकी केटी मरेपछि आमाको काखमा पुन फर्किएकी छिन् । सुन्दा अपत्यारिलो लाग्ने पत्याउनुहोस् या नपत्याउनुहोस् तर यो घटना साँचो हो । यो घटना २९ जुलाइमा यूएस को मिसौ‍रीको केप गिरार्डेयू मा भएको घटना हो ।
केप गिरार्डेयूमा निपर परिवार आफ्नो साथिहरुको साथमा पुल पार्टी गरिरहेका थिए । मौसमी खराबका कारण सबै स्विमिङ पुल छोडी कोठा भित्र छिर्न थाले । केहि समयपछि एलिसी की आमाले बाहिर स्विमिङ पुल नजिक एलिसीको लाइफ जकेट देखिन् तर एलिसीलाई देखिनन् । एलिसी लामो समयदेखि स्विमिङ पुलमा डूबेकी थिइन् । एलिसीकी आमा जब दौडदै बाहिर आइन् र स्विमिङ पुलमा हेर्दा एलिसीको हात देख्न पुगिन डूबेकी एलिसीलाई तुरुन्त बाहिर निकालियो तब सम्म एलिसीको मुटुको धड्कन बन्द भइसकेको थियो र शरीर पूर्ण रुपले निलो भएको थियो । उनि बाँच्ने आशा कसैलाई पनि थिएन। तर एलिसीको आमाले १२ मिनेट सम्म सिपिअार (दुई हातले छातिमा मुटु भएको ठाउँनेर धक्का दिने प्रोसेस) गरिरहिन र धड्कन पुन ल्याउन सफल भइन् । त्यसपछि तुरुन्त उनलाई कार्डिनल ग्लेननको चिल्ड्रनस् हस्पिटल लगियो । जहाँ चिकित्सकहरुले पनि एलिसी बाँच्ने आशा कम भएको बताएका थिए । तर ६ दिन सम्म अस्पतालमा बसेपछि एलिसीको स्वस्थ्य अवस्थामा सुधार आयो र २ हप्तामा हस्पिटल बाट डिस्चार्च भई घर फर्किन् ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top