Advertisements
हिन्दूराज्यको माग गर्दै अनसन बसेका युवालाई अनसन तोडाउन खुलामञ्च पुगेका कानुनमन्त्री नरहरी आचार्यमााथि ढुंगा प्रहार भएको छ ।
हिन्दुराज्यको माग गर्दै १७ दिनदेखि अनशन बसेका हिन्दुवादीको अनशन तोडाउन पुगेका आचार्यमाथि बुधबार हिन्दूवादीले ढुंगाप्रहार गरेका हुन् ।
भदौ १४ देखि अनशन बसेका चारजना हिन्दुवादी युवाको अनशन तोडाएपछि हिन्दूहरुमाथि नयाँ संविधानले धोका गरेको भन्दै हिन्दूवादीले मन्त्रीमाथि ढुंगामुढा गरेका हुन् ।
अनसनस्थलमा मन्त्रीमाथि ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीले मन्त्रीलाई सुरक्षा दिएका थिए ।
सरकारले हिन्दुवादीका ९ वटा मागमध्ये ७ वटा माग पूरा गर्न सहमति जनाएपछि हिन्दुराज्य माग गर्दै आएका प्रेमनिधि भरद्वाज, कमलप्रसाद जोशी, सागर कटुवाल र खेमनाथ आचार्य १७ दिनपछि अनसन तोडेका हुन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top