श्रीकृष्ण सिग्देल
वालिङ—२९ भदौ
उत्पादन गरेको तरकारी विक्रिका लागि कठिन भएका बेला जिल्लामा खुलेका कृषि संकलन केन्द्रले सजिलो बनाइ दिएका छन् । बजार भाउ नपाएपनि उत्पादन गरेको कृषि उपजको व्यवस्थापनमा संकलन केन्द्रले सहजता ल्याईदिएको छ ।
आफुले लगाएको तरकारीको विक्रि वितरणका लागि डोकोमा बोकेर बजार डुल्नुपर्ने अवस्थामा रहेका किसानहरुलाई संकलन केन्द्र स्थापना भएपछि सहजता भएको छ । हप्ताको तिनदिन आफुले उत्पादन गरेको कृषि उपज किसानहरुले संकलन केन्द्रमा ल्याउने गर्दछन् । संकलन केन्द्रबाट किसानले उत्पादन गरेको मौसमी तथा बेमौसमी तरकारी बजार सम्म पु¥याउने काम गर्दै आएको छ । जसले गर्दा डोकामा पुगेर घर—घर डुल्ने अवस्थाबाट यहाँका किसानहरुले सहजा पाएका छन् ।
तिन गाविस छाङ्छाङ्दी, स्वरेक र दार्सिङ् दहथुमका अगुवा किसानहरु मिलेर संकलन केन्द्र स्थापना गरेपछि किसानहरुलाई सजिलो भएको हो । बजार भाउ नपाएपनि आफुले उत्पादन गरेको तरकारी बिक्रिका लागि कता लैजाने भन्ने चिन्ता भने हटेको किसानहरु बताउछन् । संकलन केन्द्रले सबै भन्दा बढी महिला किसानहरुको मुहार नै फेरी दिएको छ । उत्पादन गरेको तरकारी बिक्रिका लागि बजार सम्म पु¥याउने बाध्यता बोकेका यस क्षेत्रका महिला किसानहरुलाई संकलन केन्द्रले सहजता ल्याएको सहकारीले जनाएको छ । तिन गाविसको करिव ४ सय रोपनीमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । किसानले लगाएको कृषि उपज बढी भएमा अन्य बारमा पनि तरकारी बजार लाग्ने गरेको भएपनि आइतवार, मंगलवार र शुक्रवार बढी खरिद बिक्रि हुने सहकारीका संचालकहरु बताउछन् ।
संकलन केन्द्र स्थापना भएपछि सहजता भएपनि किसानले भाउ नपाएको गुनासो भने उत्तिकै आएको छ । दैनिक तरकारी उत्पादन गर्दै आएकी महिला किसान चुमकला थापाले भने तरकारीको मुल्य नपाएको गुनासो गर्छिन् । तरकारीको भाउ नपाएपनि संकलन केन्द्र स्थापना भएपछि बिक्रि वितरणका लागि सहजता मिलेको थापाको भनाई छ । व्यपारीहरुले नै तरकारीको मुल्य नगरेका कारण तरकारीको भाउ नपाएको उनको गुनासो छ । बजार भाउ नपाएको गुनासो व्यक्त गरेपनि सरकारी सहयोग भने नपाएपनि हामी बानी परिसकेकोले कुनै समस्या नभएको अर्की किसान सिता रेग्मीको भनाई छ । कहिले काहिको बजार हुने भएकाले बजार भाउ नपाएपनि संकलन केन्द्रले गर्दा सहज भएको रेग्मीको भनाई छ । संकलन केन्द्र स्थापना नहुदा अगाडीको दुःख सम्झदै रेग्मी भन्छिन् पहिला पहिला त डोकामा तरकारी बोकेर बिक्रि गर्दै हिडियो । तर अहिले भने बजार खोज्न जान परेको छैन जति तरकारी उत्पादन भएको संकलन केन्द्रमा ल्याएपछि यहीबाटै पैसा पाइन्छ रेग्मी भन्छिन् ।
यहाँका किसानहरुले खर्च कटाएर बार्षिक तरकारीबाट ६० देखि ८० हजार आम्दानी गरेको बताउछन् । किसानले तरकारी संकलन केन्द्रमा ल्याएपछि संकलन केन्द्रका कर्मचारी, व्यपारी र किसान बसेर तरकारीको मुल्य निर्धारण गर्ने गरेको व्यपारीहरु बताउछन् । नेपालभरी हेर्दा यो संकलन केन्द्रका किसानहरुले राम्रो मुल्य पाएको व्यपारी जगदिश पाठकले दावी गरे । किसान मर्कामा नपरेको र विचौलिया दलाल नभएको उनको भनाई थियो । महिलाहरुलाई चुलोचौकामा मात्रै सिमित रहेकाले महिलाहरुलाई पनि आम्दानीको श्रोत जुटाउनका लागि यो सहकारी स्थापना गरेको सहकारीका अध्यक्ष डिल्लीराज कोइराला बताउछन् । सहकारीमा २ सय ५२ शेयर सदस्य रहेका छन् भने त्यसमा पनि अगुवा किसानहरु १ सय जना रहेको कोइरालाले बताए । अगुवा किसानमा पनि धेरै महिला रहेको उनको भनाई थियो । कि किसानहरुले महङ्गोमा बेच्न पाउनुप¥यो कि उपभोक्ताले सस्तोमा किनेर खान पाउनु प¥यो अध्यक्ष कोइरालाले भने,“यस विषयमा सरकारले सहजीकरण गरिदिनुपर्छ ।” किसानले तरकारीको भाउ पाएन भन्ने गुनासो र उपभोक्ताले सस्तो भएन भन्ने गुनासोलाई मिलाउने काम सरकारको हो यसमा सरकार पटक्कै लागेको देखिदैन अध्यक्ष कोइरालाले थपे ।
यहाँ घिरौला, लौका, करेला, काक्रो, वोडी लगायत एक दर्जन मौसमी तथा बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । बार्षिक करिव ४० हजार किलो तरकारी संकलन गर्ने सहकारीले किसानको मुहार फेर्ने काम गरेको छ त्यसमा पनि सरकारले केही चासो दिने हो भने असली किसानले सक्कली तरकारीको भाउ पाउने थिए त्यस तर्फ सरोकारवालको ध्यान जानु आवश्यक देखिन्छ । नाम र कामको नमुना कृषि सहकारीबाट अधिकांश महिलाहरु लाभान्वित भएको देखिन्छ । कृषिलाई उत्प्रेणा जगाउने खालबाट काम गर्दै आएको नमुना कृषि सहकारीले बेला बेलामा महिलाहरुलाई कृषि तालिम तथा कृषि भ्रमण पनि गराउदै आएको सहकारीको भनाई छ । संकलन केन्द्र संचालनमा आएपछि यहाँका महिलाहरुमा अझै जागरुकता देखिएको यस तर्फ सरोकारवाला निकायले पनि थप प्रेरणामुखी कार्यक्रम ल्याउने हो भने यस क्षेत्र कृषिको पकेट बन्ने निश्चित देखिन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.