Advertisements
२४ घण्टा भित्र भारतीय च्यान खोल्नको लागि सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले  व्यवसायीलाई दिएको निर्देशन लाई युवासंघले खण्डन गर्दै च्यानल सञ्चालन गरेर देखाउन युवासंघका प्रवक्त प्रभातविक्रम कटवालले जारी गरेको विज्ञप्ति मा चुनौति दिएको कुरा उल्लेख छ  ।

‘४५ दिन भन्दा बढी भारतको अघोषित नाकाबन्दीले नेपाली जनताले जुन कष्टकर जीवन विताउन परेको छ । त्यसमा अलिकतिपनि हेक्का नराखी सञ्चारमन्त्रीले अभिव्यक्ति दिएका छन । यसले सम्पूर्ण देशभक्त युवाहरुमा ठूलो आक्रोस र शंका पैदा गरेको छ ।’ राष्ट्रियताको लागि जुनसुकै परिस्थितिको पनि सामना गर्न जनता तयार भएको बेला सञ्चार मन्त्रालय सम्हालेको जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै संघले आक्रोस पोखेको हो । ‘आन्दोलनकारीलाई भारतको भूमि प्रयोग गर्न भारतले दिएको छ । भारतीय भूमिबाट नेपालका सुरक्षाकर्मीलाई ढुंगा प्रयोग भइरहेको छ । भारतीय सुरक्षाकर्मी दर्शकको रुपमा ताली बजाइरहेका छन’ विज्ञप्तीमा भनिएको छ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top