Advertisements
विश्वभर २१ सेप्टेम्बरमा अल्जाइमर दिवस मनाइने गरिन्छ । अल्जाइमर एक प्रकारको बिर्सने बिमारी हो, जून सामान्यतय बृद्दमा हुने गर्दछ । यस बिमारबाट पिडित बिमारीहरु सामान कहाँ राखे भन्ने जस्ता कुराहरु बिर्सने, भेटिरहने व्यक्तिको नाम बिर्सने, सम्पर्क नम्बर, यति सम्मकी आफ्नै घर, दैनिक कार्य जस्ता कुराहरु बिर्सने गर्दछन् ।

अल्जाइमर रोग, डिमेन्शिया रोगको एउटा प्रमुख भाग हो । डिमेन्शिया रोग बिभिन्न प्रकारक हुन्छन् त्यसकारण पनि यसलाई अल्जाइमर डिमेन्शिया पनि भनिन्छ । अल्जाइमर डिमेन्शिया प्रौढ अवस्थामा र वृद्धा अवस्थामा हुने रोग हो जसमा रोगीको स्मरण शक्ति कमजोर हुँदै जान्छ । जति जति उमेर बढ्दै जान्छ त्यति त्यति यो रोग पनि बढ्दै जान्छ ।

यस रोगको उपचारको लागि रोगीको दिनचर्यालाई सहज वा नियमित बनाउन पर्दछ । समयमा खाना, खाजा खाने लगाउने सहज हुने किसिमको बटन रहित (टिसर्ट, सुरवाल) लुगा लगाउने, सुरक्षा आदि मा विशेष ध्यान दिनु पर्दछ । रोगीको सुत्ने कोठा झ्याल भएको खुला जसबाट कोठामा हावा खेल्न पाअोस् । रोगीको आवश्यकताका बस्तु सधै एकै स्थानमा राख्ने । यसका अलावा रोगीको उपचारका लागि केही यस्तो अौषधी उपलब्ध छ, डाक्टरको सल्लाह अनुसार सेवन गर्दा केही सुधार हुने हुन्छ ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top