Advertisements
भारतको मुम्बइको एक निजी अस्पतालमा देश भरिभै सबै भन्दा प्रीमेच्योर बच्चा जन्मीएको छ । साक्षी नाम दिइएको यो बच्चा गर्भावस्था बाट मात्र २३ ‌औं हप्तामा यो दुनियामा आएकी हुन् । जन्मदा साक्षीको तौल जम्मा ४६० ग्राम थियो । यहि साल ५ मे मा पैदा भएकी साक्षी एकदम स्वस्थ्य छिन् ।

डाक्टरका अनुसार यो सबै भन्दा कम समयमा पैदा भएको जीवित र स्वस्थ प्रीमेच्योर बच्चा हो । यो भन्दा पहिला मुम्बइमै गर्भावस्थाको ६ महिना पछि जन्म भएको रेकर्ड थियो ।

तृप्ति र सन्तोषको विवाह भएको १२ बर्ष देखी र ५ पटक सम्म गर्भवती भएर पनि सन्तान सुख मिलेको थिएन । यसरी २३ औं हप्तामा जन्मिएको प्रिमेच्योर त्यसमा पनि जीवत स्वस्थ्य बच्चा जन्मिनु चमत्कार भएको सूर्या चाइल्ड केयर अस्पतालको डाइरेक्टर र चीफ पीडियाट्रिक डा. भूपेंद्र अवस्थीले बताए ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top