Advertisements

नेपाली चेलीलाई बेच्ने बागलुङका दुई दलाल पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा  कल्पना लिम्वु र जित बहादुर दर्जी रहेका छन् । ३३ बर्षीय कल्पना लाई प्रहरीले मंगलबार पोखराको हस्पिटलचोकबाट पक्राउ गरेको हो भने, बर्ष ४२ का जित बहादुर दर्जी राजधानीको महाराजगंजबाट पक्राउ परेका हुन् यिनीहरु बागलुङको तारा गाविसका रहेको बताइएको छ ।
नेपाली चेलीहरुलाई साउदी अरबमा घरेलु कामदारको रुपमा काम गर्दा राम्रो तलव हुन्छ भन्दै उनिहरुले सडकमार्ग हुँदै दिल्ली पुर्‍याएर भारतिय दलालहरुको गिरोहलाई बिक्री गरेका थिए । बिक्री पश्चात पिडीतहरुलाई बन्धक बनाई भारतको गुडगाउस्थित साउदी अरेवियका मजिद नामका कुटनितीज्ञको अपार्टमेन्टमा राखिएको थियो । साउदी कुटनितीज्ञ र उनका पाहुनाहरुले लगातार यौनशोषण गरेको खबर पाएपछी गएको भदौ २१ गते नेपाली चेलीहरुलाई भारतीय प्रहरीले गुडगाउँबाट उद्धार गरेको थियो । उद्धार पछी उनिहरुलाई नेपाल ल्याईएको थियो ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top