Advertisements
मनाङ जिल्लाको सदरमुकाम चामेमा नेपालको संविधान "संविधान २०७२" घोषणा भएको उपलक्ष्य र अन्तर्राष्ट्रिय शान्ति दिवस २०१५ को उपलक्ष्यमा विविध कार्यक्रम अन्तर्गत स्थानिय शान्ति समितिको आयोजनामा भएको शान्तिको लागि सहमति सबैको लागि सहकार्य नाराका साथ शुरु भएको शान्ति र्‍यालि बिहान ८ बजे चामेको नमस्ते गेट बाट शुरु भइ बजार परिक्रमा गरी कर्मचारी मिलन केन्द्र मनाङको हलमा पुगी सभामा परिणत भएको थियो । उक्त र्‍यालिमा राजनितीक दलमा प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, स्थानियवासीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।





कार्यक्रममा बधाइ एवं शुभकामना ब्यक्त गर्ने क्रममा सर्वप्रथम स्थानिय शान्ति समितिका कार्यालय सचिव मदल घलेले कार्यक्रमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई मन्‍तब्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मतब्यकै क्रममा प्रजिअ भिमाकान्त शर्माले नेपालको संविधान घोषणा भएकोमा बधाइ दिंदै यो बनेको संविधानलाई दुइ तिहाइले संसोधन गर्न सकिने भएकोले कसैले चिन्ता लिन नपर्ने कुरा ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति मनाङका काबा सभापति राज घले, स्थानिय बिकाश अधिकारी कृष्ण प्रसाद धिताल, लोकप्रिय उमावी चामे मनाङका प्राचार्य कृष्णदास कोइराला, उद्योग बाणिज्य संघ मनाङका अध्यक्ष राजन कुमार श्रेष्ठ लगायतले मन्तब्य दिनुभएको थियो । कार्यक्रमको सभापतित्व स्थानिय शान्‍ति समिति मनाङका संयोजक मंगल बहादुर गुरुङले गर्नुभएको थियो ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top