Advertisements
आज असोज सक्रान्ति । विजय उत्सवको रुपमा मनाईने बुढी पोल्ने पर्व सुदुरपश्चिममा शुक्रबार धुमधाम साथ मनाईदैछ । बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व प्रत्येक असोज सक्रान्तीमा मनाईने गर्दछ । यसलाई बन्दुनी संक्रान्ति पनि भनिन्छ । परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतीकी पुतनालाई मारेपछि उहाँका साथी ग्वाला (गोठाला) हरुले पुतनाको शव दहन गरेको कथन छ।
द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको र भगवान श्री कृष्ण बाँचेको खुसियालीमा यो पर्व मनाईने गरीएको स्थानिय बुढापाकाहरुको भनाई रहेको छ ।
आज साँझपख सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडीएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा बन्दुनी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने प्रचलन छ । यस पर्बमा रातभरी देउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि रहेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top