
भारतका हाल क्यानडावासी १६ सालका अनमोल टुकरेलले एउटा प्राइभेट सर्च इन्जीन बनाएका छन्, अनमोल का अनुसार यो सर्च इन्जीन गुगल भन्दा ४७ प्रतिसत फास्ट र राम्रो भएको बताएका छन् ।
वेबसाइट 'प्रेसएक्जामिनर डट कम' को अनुसार, युवा टुकरेलले आफ्नो स्कूल प्रोजेक्टको लागि तयार गरेका थिए र यसलाई गुगल विज्ञान मेलामा पनि पठाइएको छ ।
भारतको बेंगलुरू स्थित डिजिटल विज्ञापन एवं प्रौद्योगिकी कम्पनी 'आईसक्रीम लैब्स'मा इंटर्नशिप गर्दा उनको दिमागमा निजीकृत सर्च इन्जीन बनाउने बिचार आएको थियो ।
टुकरेल भन्छन् कि यो सर्च इन्जीन अन्य सर्च इन्जीनको विपरीत उपयोगकर्ताको व्यक्तित्वलाई ध्यानमा राखेर नतिजा देखाउछ । जबकि अन्य सर्च इन्जीन युजरको लोकेशन र ब्राउजीङ हिस्ट्रीको अाधारमा परिमाण दिन्छ ।
टुकरेलले एउटा कम्प्यूटर, एउटा पायथन ल्याङ्वेज डेवलभमेन्ट इनभाएरमेन्ट, एउटा स्प्रेडशीट प्रोग्राम को मद्दले यो सर्च इन्जीनलाई तयार गरेका हुन् जुन गुगल र न्यूयोर्क टाइम्सको एक बर्षको लेखहरु प्रदर्शित गरिएको छ । सर्च इन्जीनको एक्यूरेसी जाँच गर्नको लागि टुकरेलले न्यूयोर्क टाइम्समा एक बर्षमा भएको लेखहरुमा सिमित राखेका छन् ।
0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.