Advertisements
महिला र पुरुषले गरेर नै यो मानव जातिको पुस्ता अघि बढिरहेको छ । जुनै पनि समाजमा महिला पुरुषले विवाह गर्दछन् र एकै घरमा बस्छन् । तर, यही संसारमा यस्तो गाउँ पनि छ जहाँ महिलाहरु मात्र बस्ने गरेका छन् । केन्याको उमोजा गाउँमा महिलाहरुमात्र बस्दै आएका छन् । सन् १९९० मा १५ जनाले स्थापना गरेको यो गाउँमा सोही समयदेखी यो गाउँमा केटाहरु लाई आउने अनुमति दिइएको छैन । यो गाउँमा पुरुषहरुलाई छिर्ने अनुमति नै छैन ।

गाउँमा महिलाहरु मात्र छन् र यहाँ महिलाहरुकै राज्य छ । उक्त गाउँको स्थापना गर्ने १५ जना महिलाहरु बेलायती सेनाद्धारा बलात्कृत भएका थिए । पुरुषबाट टाढै रहेर पनि बाँच्न सकिन्छ भन्ने मनसायले उत्त गाउँको स्थापना गरेका हुन् जहाँ पीडित महिलाहरुले बसोबास गर्न पाउँछन् । त्यहाँ बस्ने महिलाहरु यस्तै कुनै न कुनै प्रताडना तथा हिंसाबाट पीडित छन् अनि नयाँ पीडित महिलाहरु यो गाउँमा बस्न आउने गर्छन् । बाल विवाह, खतना प्रथा, बलात्कार तथा अन्य खाले यौनहिंसाबाट आफ्नो घर छाडेका युवती तथा महिलाहरु यो गाउँमा बस्न आउँछन् । घरेलु तथा कुटीर उद्योगमा निर्भर भएर उनीहरुले आफ्नो जिविकोपार्जन टार्दे आएका छन् । गाउँमा महिलाहरुका झण्डै २ सय जना बच्चाबच्ची पनि छन् । जसका लागि स्कुलको पनि व्यवस्था गरिएको छ ।- नेपाल जापान


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top