आफ्नै श्रीमती र भतिजो बीच अनैतिक सम्बन्ध भएको भन्दै आरोप लगाउने कपिलवस्तुको पत्थरदेइया ५, जगदीशपुरका ३७ वर्षीय मिठाइलाल लोनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण भन्दा अगाडी गाउलेले कपाल खुर्केर गाउँ परिक्रमा गरी बेइज्जती गरेका थिए । मिठाइलालले आफ्नै श्रीमती विन्दु लोनिया र भतिजो विनोद कुमार चौहान बीच अनैतिक सम्बन्ध रहेको आरोप लगाएका थिए । हचुवाको भरमा राम्रो सँग नबुझी दोष लगाई कानुन आफ्नो हातमा लिई सामाजिक कारवाही गर्ने निहुँमा चरित्र हत्या गरेको भन्दै इलाका प्रहरी कार्यालय गणेशपुरले लोनियालाई पक्राउ गरेको छ ।
मिठाइलाल विदेश गएपछि उनैको आदेश अनुसार मानसिक विरामी रहेकी विन्दुले आफूलाई साथ हुन्छ भनी भतिजोलाई आफ्नै घरमा बसेर पढ्नु भनी बोलाएकी थिइन् । भतिजो विनोद केही महिनादेखि आफनै काकीसँगै बस्दै आएका थिए । कक्षा ६ मा अध्ययनरत विनोदको काकीसँग लसपस रहेको भनी केही व्यक्तिले मिठाइलालकहाँ कुरो पु¥याइदिएपछि पूरा अवधि नै नबसी मिठाइलाल विदेशबाट घर फर्किएका थिए ।
घरमा आउने वित्तिकै मिठाइलालले श्रीमतीलाई विभिन्न किसिमको यातना दिँदै घर निकाला गरेका थिए । शरण लिन जेठाजु जेठानीकहाँ गएकी विन्दु र भतिजोलाई मिठाइलालले घर बोलाई गत आइतबार कपालै काटेर गाउँ परिक्रमा गराई बेइज्जती गरेका थिए ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.