Advertisements

बेइजीङ (१९ सेप्टेम्बर): चीनको स्पर्म (बिर्य) बैंकले आईफोन लाई पर्ने रकम बराबर पैसा दिने एउटा यस्तो अनौठो प्रस्ताव ल्याएको छ । बताइएको छ कि यो कदम स्पर्म डोनेसन (बिर्य दान) लाई प्रोत्साहन गर्नको लागि गरिएको हो ।

खबरका अनुसार, सङ्घाइको रेन्जी अस्पताल स्पर्म केन्द्रहरुमा सबैभन्दा ठूलो केन्द्र हो जसले स्पर्म डोनेसन लाई प्रोत्साहित गर्नको लागि नयाँ "एप्पलको ६ एस" देखाउँदै लोभ्याएको छ ।

कतिपय आईफोनको तस्विरको तल लेखिएको छ कि यदि कोही व्यक्ति सम्पूर्ण स्वास्थ्य जाँच पूरा गरि नियमित रुपमा स्पर्म दान गर्छ उसलाई ६००० यूआन (नेपाली रु १ लाख जति) दिइनेछ । यो रकम नयाँ आइफोन खरिद्नको लागि पर्याप्त हुन्छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top