Advertisements
घोषणा नगरेको तर नेपालमा नाकाबन्दीको रुप दिएको अवस्था बनाइ  संयुक्त राष्ट्रसंघको सभामा भाग लिन गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा छन् । त्यसको साथमा फेसबुकका सीईओ मार्क जुकरबर्गलाई समेत भट्ने उनको कार्यक्रम रहेको छ । प्रधानमन्त्री जस्तो पदमा रहेर पनि उनिबाट एउटा त्यस्तो कार्य भयो जसको भारतिय संचार लगायत सामाजिक संजालमा निकै चर्को आलोचना तथा बिरोध भएको छ ।

लामो समयबाट अमेरिका बस्दै आएका एक नागरिक शेफ विकास खन्नाले अटोग्राफको लागि भारतको झण्डा दिएका थिए । मोदि पनि केहि वास्ता नगरी उक्त झण्डामा आफ्नो हस्ताक्षर गरे । उनले आफ्नै भारतको संविधानलाई बिर्सीए जसका कारण उनको करियरलाई समेत ठूलो नोक्सान हुन सक्छ । भारतको संविधान अनुसार राष्ट्रिय झण्डामा कसैले पनि कुनै पनि कुरा लेख्न नपाउने कुरा उल्लेख गरिएको छ । यसै कारण अमेरिका लगायत अन्य देशमा बसोबास गर्दै आएका भारतीय नागरिक अनि भारतमै रहने अधिकांश भारतिय जनताले यसको बिरोध गरेका छन् ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top