Advertisements

पर्याप्त मात्रामा पानी नपिउनाले यस्तो समस्या हुन्छ ।

पानी शरीरको लागि अनिर्वाय तत्वमा एक हो । सफा र पर्याप्त पानी पिउनाले नै मानिस धेरै रोगहरुबाट बच्न सक्छन् ।  यदि शरीरमा पानीको कमी भएमा रगत गाढा बाक्लो हुन थाल्दछ र शरीरको कतिपय अन्य क्रियाकलापमा प्रभाव पार्दछ । शरीरलाई सहि मात्रामा पानी नपिउँदा धेरै समस्याको समाधान गर्नुपर्ने हुन्छ ।

पानि कम पिउनाले स्वास्थ्यमा के समस्या हुन्छ त हेरौ -

१. पाचन सम्बन्धी समस्‍या
पर्याप्‍त मात्रामा पानी नउपिनाले पाचन प्रक्रियामा समस्या हुन थाल्दछ । पानीको कमीले खाना पच्नमा समस्या हुन्छ त्यसकारण बजन बढ्ने समस्या मात्र नभइ शरिरमा टक्सिन्सको मात्रा लाई बढाउने गर्दछ । यसको कारणले धेरै प्रकारको रोग लाग्न सक्छ ।

२. अनुहार चाउरिने
पानी की कमीको कारण अनुहार चाउरिन थाल्दछ र अनुहारको चमक हा ह्रास आउँदछ । पानी कम पिउनाले रगत पनि फिक्का पर्न जान्छ र अनुहारको चमक हराउँदछ ।

३. मुटुको समस्या
पर्याप्‍त मात्रामा पानी नपिउनाले मुटु सम्बन्धित रोग शुरु हुन थाल्दछ । पानीको कमीले रगत गाढा हुने हुन्छ र रक्त संचारमा समस्या हुन्छ । यसको कारण हृदयखात हुने सम्भावना हुन जान्छ । यो वाहेक किड्नी सँग सम्बन्धित रोग, क्यान्सर जस्ता रोगहरुको पनि खतरा हुन्छ ।

४. वजन बढ्ने
शरीर पानी की कमी हुँदा शरिरको वजन बढ्न थाल्दछ । पानीको पर्याप्त मात्राले शरिरलाई जवान राख्नुको साथमा तपाईको वजनलाई पनि सन्तुलनमा राखेको हुन्छ । जो व्यक्ति मानी कम पिउँछन् उनिहरुको मोटोपनको शिकार हुन सक्छन् ।

५. थकाइ लाग्ने
पानी की कमी अर्थात डीहाइड्रेशनको कारण थलाई लाग्ने हुन्छ । डीहाइड्रेशनको मतलब कोशिकाहरुलाई पर्याप्त मात्रामा पानी नमिल्नु हो जसको कारण शरीरमा उर्जाको कमी हुन थाल्दछ जसको परिणाम स्वरुप थकाई लाग्न हुन्छ यसको अलावा टाउको दुख्ने, तनाव हुने हुन्छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top