पुजा मिश्रा जो बलिउड अभिनेत्री हुन् जसले एक होटलको कर्मचारीमाथि कुटपिट गरेकी छिन् । युट्युबमा पोष्ट भएको भिडियोमा उनले होटलका कर्मचारीको मोबाइल फुटाएको र कुटपिट गरिरहेको देखिन्छ । ‘बिग बोस ८’ मा समेत भाग लिइसकेकी टिभी तथा फिल्म अभिनेत्री पुजाले उक्त होटलको कोठाका कैयौं सामानसमेत तोडफोड गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
होटल छोडेर बाहिर जाने क्रममा सामानको क्षतिपूर्तीको भर्पाइका लागि उनलाई पछ्याएका कर्मचारीलाई उनले गालीगलौज गरी एक्कासी कुटपिट गरेकी थिइन् । भिडियोमा उनी सेलिब्रेटीको मर्यादा भुलेर हर्कतमा उत्रिएकी देखिन्छिन् ।
त्यसो त उनको यो पहिलो हर्कत भने होइन । यसअघि राजस्थानको एक होटलबाट आफ्नो सामान चोरी भएको भन्दै समाचारको शीर्षक बनेकी थिइन् भने नोयडाको एक गेष्ट हाउसमा आफूमाथि बलात्कार भएको भन्दै प्रहरीसमक्ष उजुरीसमेत दिएकी थिइन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.