Advertisements
हुन त मानिसहरू मानिसहरू फोटो खिच्ने क्रममा केही मुस्कुराउने गर्दछन् । यो स्वाभाविक पनि यो । तर कहिले काँही फोटो खिच्दा मुस्कुराउँदा मानिस अफ्ठ्यारोमा पर्न सक्दछ । न्यूजर्सीको यातायात व्यवस्था विभागले भने यहि बताएको छ ।
यहाँको यातायात व्यवस्था विभागले नागरिकहरूसंग ड्राइभिङ लाइसेन्सको आवेदन गर्ने समयमा स्वाभाविक मुद्रामा नै फोटो खिच्नका लागी अनुरोध गरेको छ । यहाँ धेरै मुस्कुराहट फोटो नखिच्न विभागले भनेको छ ।
बास्तवमा कुरा के भने विभागले नक्कली ड्राइभिङ लाइसेन्सहरू बोक्ने मानिसहरूलाइ पक्रनका लागी एक यस्तो सफ्टवेयर विकसित गरेको छ । जसले ड्राइवर र ड्राइभिङ लाइसेन्सको फोटो लाइ दाँजेर हेर्दछ । यस सफ्टवेयरको बिशेषता के हो भने यसले सामान्य मुद्राका व्यक्तिको फोटो मात्र मिलान गर्दछ तर यदि व्यक्तिले मुस्कुराएको फोटो छ भने यो मुद्रा परिवर्तन हुने वित्तिकै यसले चिन्न सक्दैन् । यस कारण विभागले मानिसहरूलाइ अनावस्यक झण्झटबाट बच्नका लागी फोटो खिच्दा नमुस्कुराउनका लागि अनुरोध गरेको हो ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top