Advertisements
नेपाली सेनाको एक टोलीले मंगलवार अन्नपूर्ण पदमार्ग अन्तर्गतको थ्रोङलापास क्षेत्रमा दोस्रो चरणको फोहोर संकलन तथा व्यवस्थापन कार्य सम्पन्न गरेको छ । वातावरण संरक्षण तथा पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले सेनाले उक्त कार्य गरेको हो ।

पर्यटकिय क्षेत्र अन्नपूर्ण पदमार्ग अन्तर्गत मुस्ताङ र मनाङको सीमानामा पर्ने ५४१६ मिटर उचाइमा रहेको थ्रोङलापास क्षेत्रमा पर्यटक तथा पदमार्गीले गरेको फोहोर संकलन तथा व्यवस्थापन गरेको भीमदल गण मुस्ताङका कर्णेल अर्जुन बस्नेतले जानकारी दिए । त्यसैगरी सैनिक उच्च शिखर शिक्षालयका सेनानी सुर्य कार्कीले नेपाली सेनाले वातावरण सरसफाईको क्षेत्रमा पहिले पनि काम गरीसकेको र आगामी दिनमा पनि समय समयमा यस्ता काम निरन्तर गर्ने बताए ।

सरसफाई अभियानमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले समन्वयकारी भूमिका निर्वाह गरेको बताइएको छ । नेपाली सेना सैनिक उच्च शिखर शिक्षालयको अगुवाईमा थ्रोङलापास देखि मुक्तिनाथसम्म अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने करिब १३ कि.मि प्रख्यात पदमार्गको फोहोर मुस्ताङमा तैनाथ भिमदल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मुक्तिनाथ र स्थानिय बासिन्दाको समेत सहभागितामा गत आषाढ २४ गते फोहोर संकलन गरेको थियो ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी नरहरी बराल नेतृत्वको टोलीले अन्नपूर्ण पदमार्ग अन्तर्गतको थ्रोङलापासमा पर्यटन प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ ।  नेपाल हाल पर्यटनका लागि असुरक्षित छ भन्ने निराधार सन्देश अन्तरराष्ट्रिय समुदायमा पुगेको अवस्थामा मुस्ताङको पर्यटकिय क्षेत्रमा पुगेको क्षति र अन्नपूर्ण पदमार्ग पर्यटक आउनका लागि सुरक्षित छ, कि छैन भनि वस्तुस्थितिको अनुगमन गरी नेपाल पर्यटकका लागि सुरक्षित छ, भन्ने सन्देश विश्व समुदायमा पु¥याउनको लागि कार्यक्रमको आयोजना गरिएको प्रजिअ बरालले जानकारी दिए ।

निरिक्षणको क्रममा प्रजिअ बरालले अन्नपूर्ण पदमार्ग तथा मुस्ताङका अन्य पर्यटकीय स्थल पनि सुरक्षित भएको र यहाँ पर्यटक आउनको लागि कुनैपनि अप्ठेरो नभएकोले अन्नपूर्ण पदमार्ग लगाएत मुस्ताङका अन्य पर्यटकीय स्थलको भ्रमणमा आउन अपिल गरेका छन् ।

उक्त कार्यक्रमको अवसरमा प्रजिअ नरहरी बराल, स्थानिय विकास अधिकारी बलदेव प्रसाद जोशी लगाएत अन्य सरोकारवाला व्यक्तिको टोलीले जिविस मुस्ताङ द्धारा निर्माणाधिन ट्रस्टको अवलोकन गरेको छ ।
गत आश्विनमा आएको हुदहुद आँधीको कारण अन्नपूर्ण पदमार्ग अन्तर्गतको थ्रोङलापास क्षेत्रमा धेरै पर्यटकले ज्यान गुमाएकाले आगामी दिनमा त्यस्ता खाले घटना नघटोस् भन्ने उद्देश्यले ट्रस्टको निर्माण गर्न लागिएको स्थाविअ जोशीले जानकारी दिए ।  थ्रोङलापासको आधार शिविरमा निर्माण गर्न लागिएको ४ वटा ट्रस्टको कुल लागत ३८ लाख लाग्ने र भाद्र महिना भरि काम सम्पन्न गर्ने बताईएको छ । ट्रस्टको निर्माण जिम्मा स्थानिय उपभोक्ता समितिले लिएको छ ।

कार्यक्रममा सरकारी वकिल पदम कार्की, डिएसपि द्धय अर्जुनकुमार श्रेष्ठ, दिलप्रसाद भट्ट, क्याप्टेन कुशल, कोष तथा लेखा नियन्त्रक गोकर्ण सुयल, जिल्ला स्वास्थ्य प्रमुख शम्भु ज्ञवाली, डा. अजय, ईन्जिनियर सकलदेव शर्मा, भंसार प्रमुख धर्मराज सुवेदी, समिता थकाली, सुशिला तिमिल्सिना, कृषि विकास बंैकका प्रबन्धक रमेश पौडेल लगाएत ४५ जनाको सहभागिता रहेको थियो ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top