उमेरले झण्डै ५ दशक लागिसकेकी कोमल वलीले आफूले श्रीमान पाइसकेको खुलासा गरेकी छिन् ।
तीजको अवसरमा शुक्रवार नयाँ गीत रिलिज गर्दै कोमलले त्यसैले यसपटक आफूले महादेवसँग पोइ अथवा पति नमागेको बताइन् । कोमलले यसपालीको तीजको अवसरमा ‘पानी नखाई व्रत बस्नु पर्दैन’ बोलको गीत शुक्रबारबाट बजारमा ल्याएकी हुन् । “यसपालि श्रीमानले मलाई पानी नखाई बस्नु पर्दैन भनेका छन् ।” गीतमा कोमलको स्वर र अभिनय छ । स्वर तथा संगीतमा नवगायक अजय अधिकारीले उनलाई साथ दिएका छन् । ४ मिनेट ३० सेकेन्ड लामो गीत अहिले युटुबमा हेर्न सकिन्छ ।
भुकम्पका कारण आम नेपाली दाजुभाई तथा दिदीबहिनी मर्माहत भएको अवस्थामा रमाईला किसिमका गीत गाउन मन नलागेको कोमलले बताइन् । तीज पर्वको मौका छोपेर साउन लागेदेखिनै बजारमा उछृंखल प्रकृतिका तीजका गीतको एल्बमहरु आईरहेकोप्रति लक्षित गरी कोमलले भनिन्–पछिल्लो समय बजारमा आएका गीत असाध्यै विकृति भरिएर आएका छन् ।
नेपाली संस्कृति, भाषा तथा भेष आफैँमा सुन्दर भएकोले फूलबुट्टा भरेर भद्धा बनाउन नपर्ने उनको तर्क छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.