Advertisements
बिहे भएको चार वर्ष बितिसक्दा पनि बच्चा भएको छैन त्यसैले श्रीमान् को शुक्रकीट जाँच गर्न ३ पटक सम्म जानुभयो तर तीनचोटि नै शुक्रकीट ननिस्केका कारण फर्किनुभयो तर घरमा भने मसँगको सम्भोगको बेला  शुक्रकीट निस्किन्छ । तर किन जाँच गर्न जाँदा किन उहाँको शुक्रकीट ननिस्किएको होला ?

घर यौनसम्पर्क गर्दा शुक्रकीट निस्कने हुनाले जाँच गराउन जाँदा ननिस्कनु ठूलो समस्या होइन तर उपचार चाहिँ गराउन आवश्यक देखिन्छ । यौनसम्बन्धी अज्ञान र बच्चा नहुने समस्यालाई उत्तिकैै महत्वका साथ लिन जरुरी छ । बिहेको चार वर्Èसम्म बच्चा नहुनुमा (परिवार नियोजनका साधन प्रयोग गर्नुभएको छैन भने) तपाईंहरूमध्ये कसैको स्वास्थ्यमा समस्या छ वा यौनसम्बन्धी पूरा ज्ञान नभएको पनि हुनसक्छ ।  बिहेपछि परिवार नियोजनका कुनै साधन प्रयोग गर्नुभएको थियो भने त्यसको असर केही महिना वा वर्षसम्म रहन्छ तर यहा“ले स्त्री तथा प्रसूति रोग विशेÈज्ञस“ग नै उपचार गराइराखेको हुनाले यो कुरालाई उहाँले प्रस्ट पारिसक्नुभयो होला । स्वास्थ्य जाँचबाट तपाईंमा कुनै समस्या नदेखिएकाले अबको विकल्प श्रीमान्को शुक्रकीट जाँच नै हुनसक्छ । यौनसम्बन्धी चाहिने जति ज्ञान नहँुदा पनि बच्चा नहुने समस्या आउँछ । गर्भमा बच्चा बस्ने समयमा यौन सम्पर्क भएको छैन कि वा योनीभित्र पूर्ण स्खलित नभएर हो ? यस्ता कुरामा ध्यान दिनुहोला । हामी यौनका विषयमा खुला छलफल गर्न नसक्ने भएकाले धेरै निजी कुरा थाहा हुँदैन । यिनै सानातिना कुराले समस्या सिर्जना गरिरहेका हुन्छन् । त्यसैले यौन पार्टनरसँग खुलेर छलफल गर्नुहोस् । यसका लागि ‘कपल थेरापी’ पनि आवश्यक पर्नसक्छ । त्यसैले यौनस्वास्थ्यका डाक्टरसँग राम्ररी छलफल गर्नुहोला ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top