अब पेट्रोलको ठाउमा मानव फोहोरबाट गाडी चलाउनका लागि तयार हुनुस । एक रिपोर्ट अनुसार आगामी तीन बर्ष भित्रमा एउटा यस्तो कार आउँदैछ, जुन पेट्रोलको ठाउँमा फोहोरहरूबाट तयार गरिएको इन्धनलाइ प्रयोग गरी चलाउन सकिनेछ । जापानको एक कार निर्माता कम्पनीले एक यस्तो समूहलाइ प्रायोजन गरिरहेको छ, जसले फोहोरहरूलाइ हाईड्रोजनमा परिवर्तन गर्ने प्रक्रियाको अनुसन्धान गरिरहेको छ । यस टोलीको योजना अनुसार फोहोर पदार्थहरूबाट हाईड्रोजन बनाउने र यही हाइड्रोजनलाइ इन्धनका रूपमा प्रयोग गरि कार चालउन सकिनेछ ।
जापानको ‘निक्की’ समाचार पत्रका अनुसार, फ्यूल सेल (हाइड्रोजनमा आधारित) सवारी साधनहरूलाइ विद्युतबाट चल्ने सवारी साधनभन्दा राम्रो मानिन्छ । किनकी यो सवारी साधन लामो दुरी सम्म हिँडन सक्दछ । यी सवारी साधनमा हाइड्रोजन र अक्सीजनका बीचमा रसायनिक प्रतिक्रिया हुने गर्दछ जसले गर्दा उक्त सवारी साधनमा विद्युत निस्कने गर्दछ । यस्ता सवारी साधनमा धुवाको सट्टा पानि बाहिर निस्कने गर्दछ ।
यद्यपी यस प्रकारका सवारी साधनहरूको व्यापारिक प्रयोगका लागी भने सबैभन्दा ठुलो समस्या भनेको हाइड्रोजनको निर्माण प्रक्रिया हो । यसको निर्माणमा लाग्ने प्रविधि महंगो तथा जटिल रहेको छ । यसमा प्राकतिक ग्यास वा कुनै जिवबाट बनेको इन्धनको प्रयोग गर्नुपर्ने हुन्छ । यहि अनुसन्धान टोलीका भनाइ अनुसार फोहोर पदार्थहरूबाट हाईड्रोजन निकाल्नु सस्तो त पर्दछ नै, साथै यो पर्यावरणको लागि समेत ज्यादै राम्रो हुने गर्दछ । यस प्रक्रियामा फोहोरलाइ सुकाएर मिथेन ग्यास बनाउने गरिन्छ । यस ग्यासलाइ तताएर हाइड्रोजनमा परिवर्तन गर्ने गरिन्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.