Advertisements
मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की गोमा ले छोरी जन्माएको निहुमा मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ । छोरी जन्मिएपछि पति लीलबहादुर बराल, देवर हुकुम बराल र नन्द आमाजुहरूले परपुरुषको गर्भ बोकी छोरी जन्माएको आरोप लगाएपछि घरेलु हिंसा सहन नसकी यामकुमारी घर छाड्न बाध्य हुनु भएको छ ।

लीलबहादुर विदेश गएको आठ महिनापछि शल्यक्रियाबाट छोरी जन्मिएको थियो । छोरी जन्मनुभन्दा २÷३ महिनाअघिसम्म लीलबहादुरले बारम्बार फोन गरी नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएको यामकुमारी सुनाउनुहुन्छ ।तर छोरी जन्मिएपछि अनेक जालझेल गरेर यामकुमारी घरबाट निकाला भएकी छन् ।

यामकुमारीले अंश भराइदिनु भनेपछि एक बिगाहा दुई कट्ठा जग्गा भएका लीलबहादुरले आफ्नो सबै सम्पत्ति माइली दिदी कृष्णमाया अधिकारीको नाममा बकस पास गरिदिएका छन् ।

अहिले पनि फोन गरेर ज्यान मार्ने धम्की आउने र ‘अश्लील शब्द बोलेर गालीगलौज गर्ने गरेको पीडित यामकुमारीले बताउनु भयो । लीलबहादुर पुनः वैदेशिक रोजगारका लागि दुवई गएका छन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top