Advertisements
कास्कीको पर्यटकीय गाँउ माछापुच्छ्रेको मिर्सा गाँउमा टेसा पोखराको १८ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पुर्व सदस्य अग्नि कडेलले पर्यटन प्रवद्र्धनको लागि आन्तरिक पर्यटनमा जोड दिनु पर्ने बताउनु भयो । ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन टेसाले आफ्नो बार्षिक साधारण सभा गाँउमा आएर गरेको भन्दै कडेलले भुकम्प पछि चहल पहलकमभएको  होम स्टेमा यस कार्यक्रम पछि आन्तरीक पर्यटक बड्न सहयोग गर्ने बताउनु भयो । टानका निर्बतमान अध्यक्ष नारायण प्रसाद सापकोटाले टानले शुन्दर गाँउहरुमा होस स्टे सेवा शुरु गर्न आफुहरुले सहयोग गर्दे आएको बताउनु भयो ।
स्थानीय सुर्य बहादुर गुरुङले टेसाको टेसाले आफ्नो बार्षिक साधारण सभा मिर्सा गाँउमा गरेकोमा धन्यबाद दिदै आगामी कार्यक्रम पनि मिर्सा गाँउमा गर्न आग्रह गर्नु भयो । पत्रकार घनश्याम पाण्डेयले पोखरा देखि नजिक रहेर पनि मिर्सा गाँउ ओझेलमा परेको भन्दै सञ्चार माध्याम बाट प्रचार प्रसारमा सक्दो सहयोग गर्ने बताउदै टेसाले जस्तै अन्य सस्थाले पनि ग्रामीण पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रम संयोजक नारायण सुबेदीले १८ओं साधारण सभा गर्न  मिर्सा पुगेको बताउदै मिर्साको स्वागत र आतिथ्यताले टेसा परिवार हर्षित भएको बताउनु भयो  । टेसाका सचिव नारायण सापकोटाले सञ्चालन गर्नु भएको कार्यक्रम सस्थाका अध्यक्ष चन्द्र पौडेलको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र  गिरी लगायतले बोल्नु भएको थियो ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top