Advertisements
चारदलले निर्णय गरेको सिमाङ्कनको विरोधले देशका विभिन्न भागमा आन्दोलन चर्किन थालेको छ । ६ प्रदेशका नाममा भएको सिमाङ्कनले पश्चिमाञ्चल पनि टुक्रिएको भन्दै स्याङ्जामा पनि अखण्ड पश्चिमाञ्चलको माग गर्दै १ घण्टा सांकेतिक चक्का जाम गरिएको छ । नागरिक समाजको अगुवाइमा स्याङ्जाको मध्यभागमा रहेको वालिङमा बुधवार १० बजेदेखि ११ बजे सम्म १ घण्टा चक्काजाम गरिएको हो । चार नम्वर प्रदेशमा परेका जिल्लाहरु शान्त बसेका बेला स्याङ्जाले अखण्ड प्रदेशको नाममा पहिलो पटक सांकेतिक विरोध गरेको छ ।
सांकेतिक विरोधलाई स्याङ्जाका नागरिक समाज, राजनीतिकदल, उद्योगी व्यवसायी, विद्यार्थी, पत्रकार, विभिन्न जातजातिका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । यो पहिलो पटकको साँकेतिक विरोध हो नागरिक समाजका अगुवा ज्ञानप्रसाद पाण्डेले भने, हाम्रो प्रदेशलाई अखण्ड पश्चिमाञ्चल नै कायम राख्नुपर्छ । पश्चिमाञ्चललाई अखण्ड कायम नगरिए र अन्यथा गरिए अझै कडा आन्दोलन गर्ने चेतावनी पाण्डेले दिए । हाम्रो संस्कृति, रितीरिवाज सगै पश्चिमाञ्चलमा बसोवास गर्ने सबै नागरिकको अधिकार माथी कुठाराघात गर्ने अधिकार चारदललाई नभएको हाम्रो ठहर छ नागरिक समाजका अगुवा पाण्डेले थपे ।
एकघण्टा गरेको चक्काजामका कारण लामो तथा छोटा दुरीका सवारी साधन प्रभावित भएका थिए । ४ नम्वर प्रदेशमा परेका कुनै पनि जिल्लामा अखण्ड पश्चिमाञ्चलको आवाज पहिलोपटक स्याङ्जाले मात्रै उठाएको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top