रौतहट – यौन शोषणको सिकार बनेकी किशोरीले बिहीबार अदालतसमक्ष आफूलाई जबर्जस्ती गाउँबाट ल्याएर कोठामा थुनेर बन्धक बनाएको बयान दिएकी छन् । यहाँको कटहरियाकी १६ वर्षीया किशोरीलाई गाउँकै २२ वर्षीय अमिन मन्सुरीले चन्द्रनिगाहपुरको एक कम्प्युटर इन्स्टिच्युटमा जागिर लगाइदिन्छु भन्दै दुई साताअघि ५ दिनसम्म कोठामा थुनेर यौन शोषण गरेका हुन् । घटनापछि मानसिक तनाबमा रहेकी किशोरीले जिल्ला अदालत गौरमा मन्सुरको हर्कतका बारेमा बयान दिएकी हुन् । ‘मैले सत्यतथ्य अदालतसमक्ष राखेकी छु,’ किशोरीले भनिन्, ‘मलाई न्याय दिलाउने काम अदालतको हो ।’ घटनापछि केटा फरार भएकाले किशोरीका अभिभावक चिन्तामा छन् । ‘उनलाई पक्राउ नगर्दासम्म न्याय पाइन्छजस्तो छैन,’ किशोरीका बुबाले भने ।
अभिभावकलाई थाहा नदिई मन्सुरले किशोरीलाई मोटरसाइकलमा ल्याएर चन्द्रनिगाहपुर स्थित खडका थर भएकी एक महिलाको घरमा बन्धक बनाएका थिए । उनले घरधनीलाई आफ्नी श्रीमती भन्दै ढाँटेका थिए । बन्दक परेका बेला कोठाभित्रबाट चिच्याएपछि भाडामा बसेका मानिसले बाहिरबाट लगाएको चुकुल खोलेका थिए । त्यसपछि उनी भाग्न सफल भएकी थिइन् । चोकमा आएर आफ्ना बुबालाई खबर गरेपछि छोरीलाई लिएर सीधै प्रहरीमा पुगेका थिए । प्रहरी टोली बन्धक बनाइएको घरमा पुग्दा मन्सुर फरार भइसकेका थिए । बन्धकबाट मुक्त भएपछि उनलाई शक्ति समूहले केही दिन संरक्षणमा राखेको थियो । समूहकी अध्यक्ष देवकी नेपालले किशोरीलाई बन्धक बनाई यौन शोषण गरेको अदालतमा प्रमाणित बयान भएको बताइन् । ‘यो जघन्य अपराध हो,’ नेपालले भनिन्, ‘यस्तो अपराध गर्नेलाई कानुनी कठघरामा उभ्याउनुपर्छ ।
यौन शोषणमा परेकी किशोरीको बयान
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.