Advertisements
दुवै मिर्गौला पीडित भई उपचार गराइरहनु भएका पर्वत जिल्ला भँगरा गाविस वडा नं. ७ भँगराका २४ वर्षिय विजय परियारको उपचारका लागि कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङले सञ्चालन गर्नुभएको विजय परियार वचाउ अभियान अन्र्तगत शनिवार मेरो सोल्टी चलचित्र निर्माता÷नायक दिपक गुरुङ १० हजार रुपैया सहयोग गर्नुभएको छ ।
काठमाडौं बीर अस्पतालमा उपचारको क्रममा रहेका विजयको उपचारका लागि पर्वत भँगरा ७ मुलमाथि घर भई हाल युरोपियन मुलुक फ्रान्सको पानी जहाजमा कार्यरत दिपक गुरुङले घरविदाको क्रममा उक्त रकम सहयोग गर्नुभएको हो । आफ्नै जन्म गाँउको कटुवाल बाजेको नाति विजयको मिर्गौला पीडित भएको सुन्दा आफ्नो सानो सहयोगबाट विजयको उपचार हुन सहयोग पुगोस भनेर सहयोग गरेको युवा समाजसेवी चलचित्र निर्माता/नायक दिपक गुरुङ बताउनुभयो ।
यसरी नै विजयको उपचारका लागि भँगरा जन्म गाँउ भई हाल युके लिभरपुल निवासी दिदि मञ्जु गुरुङ र बहिनी संगीता गुरुङले २० हजार २० रुपैया सहयोग गर्नुभएको छ । गाँउकै विजय परियार मिर्गाैला पीडित भई भाई हुमबहादुर गुरुङले उदाहरणीय अभियान संचालन गरेकाले विजय परियारका लागि विदेशमा रहे पनि सानो सहयोग गरेको समाजसेवी प्रेमबहादुर गुरुङका छोरीहरु मञ्जु गुरुङको भनाई छ । यसैगरी भँगरा ९, सिरुवारी गाँउ भई हाल अष्ट्रेलियामा कार्यरत कृष्णप्रसाद शर्माले मिर्गौला पीडित विजय परियारको उपचारका लागि १० हजार रुपैया सहयोग गर्नुभएको छ ।

उक्त रकम अधिकारीका बहिनी पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत संगीता शर्माले विजय परियार अभियानकर्ता हुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । सहयोग कै क्रममा पर्वत भँगरा पतेन घर भई हाल पोखरा छोरेपाटन निवासी मीनाकुमारी गुरुङले ३ हजार र भँगरा माइत भई चितवन विरेन्द्र नगर निवासी ज्ञानु गुरुङले २ हजार रुपैया सहयोग गर्नुभएको छ । विजयको उपचारका लागि भाई हुमबहादुर गुरुङले
सञ्चालन गरेको अभियानमा आफुहरुको सानो सहयोग गरेको उहाँहरुले बताउनुभयो । पीडित विजय दर्जीलाई मिर्गौला प्रत्यारोपणका लागि आफ्नै बुबा भिमबहादुर दर्जी परियारको मिर्गौला म्याचिङ भएको बुबा भिमबहादुरले जानकारी दिनुभयो ।

मिर्गाैला पीडित विजयको परिवारिक आर्थिक अवस्था कमजोर भएको र मिर्गौला प्रत्यारोपण र औषधोपचारका लागि कम्तीमा १५ लाख रुपैया आवाश्यक भएकाले पोखरामा कार्यरत पत्रकार हुमबहादुर गुरुङले विजय दर्जी परियार बचाउ अभियान संचालन गर्नुभएको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top