Advertisements
आइतवार र सोमवार दुई दिनको बन्दका कारण स्याङ्जाको जनजिवन थप कष्टकर बनेको छ । आदिवासी जनजाती महासंघले आव्ह्रान गरेको नेपाल बन्दको मारमा स्याङ्जा पनि परेको हो । आइतवारको बन्द भन्दा पनि दोस्रो दिन अर्थात सोमवारको बन्द निकै कष्टकर हुन पुग्यो । स्याङ्जाका मुख्य बजारहरु पूर्णरुपले ठप्प भएपनि शाखा बजारहरु भने पूर्णरुपले खुलेका देखिन्थे । विहानै देखि आदिवासी जनजाती महासंघका बन्दकर्ताहरुले बजार, यातायात, शिक्षण संघसंस्था, उद्योग कलकारखाना लगायत ठप्प पारेपछि स्याङ्जाका मुख्य बजार क्षेत्रको जनजिवन कष्टकर भएको हो । 
पटक पटकको बन्दले विद्यार्थीको पढाइमा बाधा परेको छ भने उद्योगी व्यवसायीहरु पनि मारमा परेका छन् । बिद्यालय पढ्न गएका विद्यार्थीहरु समेत बन्दका कारण विद्यालय पुगेर फर्केका थिए । पढ्न गएका थियौ तर स्कुल पुगेपछि सरहरुले आदिवासी जनजातीको बन्दले गर्दा पढ्न नपाएको गुनासो गर्दै थिए । आइतवार निर्वाधरुपमा खुलेका विद्यालयहरु बन्दकर्ताहरुको दवावमा सोमवार बन्द भएका छन् । 
बन्दकर्ताहरुले बाटोमा टायर, बेन्च राखेर सडकमै बसेका थिए भने आफ्ना मागहरु पनि टागेर बसेका थिए । लामोदुरीमा चल्ने र छोटो दुरीमा चल्ने सवारी साधनहरु पनि ठप्प छन् । किन बन्द गरियो भनेर सोध्दा हामीले टागेको माग पुरा नभएकाले बन्द गरेको बन्दकर्ताहरुले बताए बन्द गराउन महिला, पुरुष सबैको समान सहभागिता रहेको देखिन्थ्यो । 
स्याङ्जाका मुख्य बजार सदरमुकाम पुतलीबजार, वालिङ र गल्याङ् बजार पूर्णरुपले ठप्प रहेका छन् भने शाखा बजारहरुमा भने बन्दको असर सामान्य परेको छ । पहिचानका आधारमा प्रदेशहरुको सीमाङ्कन गर्नुपर्ने, आदिवासी जनजाती आयोग गठन गर्नुपर्ने लगायतका मागहरु राखेर आइतवार र सोमवार दुइदिन नेपाल बन्दको आव्ह्रान गरिएको हो । बन्दमा एम्वुलेन्स, सुरक्षा, प्रेस लगायतका अत्यआवश्यक सवारी साधनहरु माथी भने रोक लगाइएको छैन । बन्दबाट कुनै अप्रिय घट्ना नहुन नदिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाका विभिन्न भागमा बाक्लो सुरक्षा व्यवस्था र गस्ति संचालन गरेको जनाएको छ । पूर्णरुपले ठप्प रहेको स्याङ्जामा कुनै अप्रिय घट्ना भने भएको छैन । 

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top