खण्ड मध्यपश्चिमको माग गर्दै यस क्षेत्रका नागरिकले आन्दोलन चर्काइरहँदा यहाँका सरकारी कर्मचारीहरु पनि सडकमा उत्रेका छन् । चार दलका शीर्ष नेताले मध्यपश्चिमलाई टुक्राएको विरोधमा कर्मचारीहरुले सरकारी कार्यालय बन्द गरेर सडकमै हाजिर गरेका छन् । एक सातादेखि यसक्षेत्रमा चर्किएको अखण्ड आन्दोलनको समर्थन गर्दै यहाँका सरकारी कर्मचारी पनि नागरिकको आन्दोलमा सहभागी भएका हुन् । नेताहरुले अवैज्ञानिकरुपमा प्रदेशको सीमांकन गरेको विरोधमा नागरिकले आन्दोलन गर्दा समेत कुनै सुनुवाई नगरेको भन्दै कर्मचारी पनि सडकमा उत्रिएका छन् । दैलेखमा जिल्लाका सरकारी कर्मचारीहरुले आइतबार कार्यालय बन्द गरेर सीमांकनको विरोध गरे । नागरिकस्तरबाट सुरु आन्दोलनलाई समर्थन गर्दै कर्मचारीहरुले सडकमै हाजिर गरेका छन् । उनीहरुले अखण्ड मध्यपश्चिम घोषणा नहुँदासम्म आफूहरु काममा नफर्कने बताएका छन् । विभिन्न कर्मचारी संघ संगठनहरुको नेतृत्वमा कर्मचारी आन्दोलनि भएका छन् ।
दैलेखमा आइतबारदेखि आमहड्तालको घोषणा गरिएको छ । सरकारी कार्यालय बन्द गरेर कर्मचारी पनि आन्दोलनमा सहभागी भएका छन् । उनीहरुले अखण्ड मध्यपश्चिम घोषणा नहुँदासम्म काममा नफर्कने चेतावनी दिएका छन् । यसअघि कर्णालीका केही जिल्लाका सरकारी कर्मचारीहरुले समेत आन्दोलन सुरु गरिसकेका छन् । कर्णालीलाई सुदुरपश्चिममा गाभिएको विरोधमा त्यहाँका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । त्यहाँका कर्मचारीहरुले ‘सुदुरपश्चिम जाँदैनौं, बरु जागिर खाँदैनौं’ भन्दै अखण्ड मध्यपश्चिमको माग गरिरहेका छन् । एक साता पहिला सुर्खेतबाट सुरु अखण्ड आन्दोलन अहिले भेरी र कर्णालीका जिल्लामासमेत चर्किदै गएको छ । ती जिल्लाहरुमा दिनहुँ प्रदर्शन भइरहेका छन् । लगातारको बन्दका कारण यातायात, शैक्षिक संस्था, कलकारखाना, बजार र उद्योगधन्दाहरु खुल्न सकेका छैनन् । जसकाकारण यस क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । अखण्ड मध्यपश्चिम र त्यसको राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, मुगु र हुम्लामा समेत प्रदर्शन जारी छ । जाजरकोटमा प्रदर्शनकारीहरुले आइतवार शीर्ष नेताहरुको पुत्ला जलाएका छन् । जिल्ला नै बन्द आव्हान गरेका प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय अगाडि नेताहरुको पुत्ला जलाएका थिए । यस्तै जाजरकोटका सरकारी कार्यालय अगाडि अखण्ड मध्यपश्चिम लेखेर टाँगिएको छ । कालिकोटमा पनि बन्द जारी छ । नागरिकले प्रदर्शन जारी राखेका छन् । लगातारको बन्दका कारण जिल्लामा दैनिक उपभोग्य सामानको अभाव भएको छ । सर्वसाधारणले चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने बाध्यता आएको छ । प्रदर्शनकारीले जिल्लाका सभासद्लाई राजीनामा दिएर आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.