Advertisements
पोखराको सिम्पानी स्थित स्पाइरल ग्यालेक्सी उच्च माविले प्रावि र मावि तहमा कविता वाचन प्रतियोगीता सम्पन्न गरेको छ ।
प्रतियोगितामा मावि नेपाली भाषा तर्फ स्वस्तिका तिमिल्सीना र विनोद सुनार प्रथम, सिजन पौडेल द्धितिय तथा गौरव पौडेल र प्रतिमा गुरुङ्ग तृतिय भएका छन् । अंग्रेजी भाषा तर्फ विवेक गौतम प्रथम, निशान गिरी द्धितिय र बरदान आचार्य तृतिय भएको अतिरिक्त विभागका प्रमुख सुमन पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै प्रावि तर्फ नेपालीमा हुम बहादुर थापा प्रथम, सृष्टि पौडेल द्धितिय र अनुपा अधिकारी तृतिय भएका छन् । अंग्रेजी भाषामा हुम बहादुर थापा प्रथम, श्रीषा पौडेल द्धितिय र साहिल सुनार तृतिय भएका छन् । विजयी विद्यार्थीलाई विद्यालयका प्राचार्य नारायण शर्मा चापागाइ, सह प्राचार्य सन्तोष गुरुङ्ग, व्यवस्थापकिय संयोजक अर्जुन ढकाल, इन्चार्ज अमृत पौडेल, डिन वृहस्पति लम्साल, निर्मल सोती ,लगायतले बधाइ ज्ञापन गरेका थिए ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top