चिया पकाउँदा चियापत्ति ठानेर झिंगा मार्ने बिष हाल्न पुग्दा उदयपुरको कटारी नगरपालिका का एक बालकको मृत्यु भएको छ भने उनकी हजुरआमा सिकिस्त भएकी छन् । हिजो दिउँसो चिया पकाउँदा दुधमा झुक्किएर चियापत्ति ठानेर झिंगा मार्ने विषादी हालेर खाँदा कटारी नगरपालिका –२ का ८ वर्षिय सुदिप कटुवालको मृत्यु भएको छ भने उनकी ६० वर्षिया हजुरआमा कृष्णकुमारी कार्की सिकिस्त भएकी छन् ।
चिया खाएपछि अचेत भएर ढलेका हजुरआमा नातीलाई उपचारको लागी सिरहाको मिर्चैया स्थित ग्लोबल अस्पताल लगिएकोमा नातिको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । हजुरआमा कृष्णकुमारी कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.