Advertisements
पोखराको सिम्पानीमा रहेको स्पाइरल ग्यालेक्सी उच्च माविले यस वर्षको फाउन्डेसन अवार्ड प्राप्त गरेको छ ।
बिट्रिश काउन्सिलले प्रत्येक वर्ष प्रदान गर्ने उक्त अवार्ड यस वर्ष कास्कीको स्पाइरल ग्यालेक्सी उच्च मावि सहित देशभरका २१ वटा विद्यालयलाई प्रदान गरिएको छ । काठमाण्डौमा काउन्सिलले आयोजना गरेको विशेष कार्यक्रममा इन्टरनेशनल स्कूल अवार्ड अन्र्तगतको फाउन्डेसन अवार्ड प्रदान गरिएको हो । पाठयक्रम विकाश केन्द्रका निर्देशक खगराज बरालले विद्यालयका प्राचार्य नारायण शर्मा चापागाइलाई उक्त अवार्ड हस्तान्तरण गर्नुभयो । उक्त अवार्ड प्राप्त गर्ने स्पाइरल ग्यालेक्सी उच्च मावि कास्कीकै पहिलो विद्यालय हो । विद्यालयले ट्राफिक सचेतना, लागुऔषध दुव्र्यसन विरुद्ध सचेतना तथा विद्यार्थीलाई सामाजिक क्रियाकलापमा संलग्न गराएको भन्दै काउन्सिलले उक्त अवार्ड प्रदान गरेको हो ।
त्यस्तै आई एस ए को–अर्डिनेटर अवार्ड विद्यालयका शिक्षक सुमन पौडेलले प्राप्त गर्नुभएको छ । विद्यालयमा विभिन्न कमिटि गठन गरि विद्यार्थीलाई जागरुप गराएको भन्दै पौडेललाई काउन्सिलले सम्मान गरेको हो । काउन्सिलले तयार पारेको अन्र्तराष्ट्रिय विद्यालयसंगको समन्वय तालिकामा विद्यालय पहिलो नम्वरमा रहेको छ । अवार्ड पाएपछि विद्यालयका प्राचार्य शर्माले शैक्षिक गुणस्तर बृद्धि र सामाजिक क्रियाकलापमा खेलेको भुमिकाको सही मुल्याङ्कन भएको बताउनुभयो । उहाँले अवार्ड प्राप्त संगै विद्यार्थी, अभिभावक र समाजप्रति थप जिम्मेवारी बढेको बताउनुभयो । विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न केही अन्र्तराष्ट्रिय विद्यालयसंग समन्वय समेत गरेको छ ।
त्यस्तै विद्यार्थीलाइ विभिन्न क्रियाकलापमा संलग्न गराउन विद्यालयमा विभिन्न क्लव गठन तथा विदेशी स्वयंसेवी मार्फत विभिन्न कार्यक्रम पनि भैरहेका छन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top