Advertisements
नेपाल टेलिकमको अन्य इन्टरनेटको माध्यम जस्तै  जीएसएम पि्रपेडमा डाटा प्याकेजमा बिभिन्न छुट दिने भएको छ । यसअन्तर्गत एक महिना भ्यालिड (मान्य) हुने गरी २ सय एमबीका लागि करबाहेक १ सय ३० रुपैयाँ, ५ सय एमबीका लागि ३ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै, १ जीबी डाटाको लागि ५ सय, तीन जीबीका लागि १ हजार २ सय ९० रुपैयाँ तोकिएको छ । यो डाटा २ महिनाका लागि 'भ्यालिड' हुने छ ।

टेलिकम प्रवक्ता प्रतिभा वैद्यका अनुसार तीन महिना हुने गरी ५ जीबी १ हजार ८ सय र ६ महिनाका लागि हुने १० जीबी डाटा प्याकेजको मूल्य २ हजार ८ सय रुपैयाँ तोकिएको छ । 'इन्टरनेटका लागि डाटा प्याकेजको धेरै माग भएकाले टेलिकमले यो प्याकेज ल्याएको हो,' उनले भनिन् । यसअघि टेलिकमले पोस्टपेडमा ९  सय तिर्दा ५ सय रुपैयाँको टकटाइम र २ जीबी इन्टरनेट सुविधा दिँदै आइरहेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top