Advertisements

जिल्लाको राजस्व संकलन सन्तोषजनक देखिएन 
स्याङ्जामा आर्थिक बर्ष २०७१/०७२ मा करिव १६ करोड राजस्व संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय स्याङ्जाको तथ्याङक अनुसार १५ करोड ८६ लाख ८० हजार ७ सय ३७ राजस्व संकलन भएको देखाएको छ । जिल्लाका झण्डै ३२ सरकारी कार्यालयले उल्लेखित राजस्व संकलन गरेका हुन् । ३२ सरकारी कार्यालय मध्ये सबै भन्दा बढी राजस्व जिल्ला प्रशासन कार्यालयले संकलन गरेको कोलेनीकाको तथ्याङ्कले देखाएको छ । सबै भन्दा कम राजस्व संकलन गर्नेमा मतस्य विकास केन्द्र रहेको छ । जिल्ला प्रशासन कार्यालय अन्तर्गत सदरमुकाम र वालिङ गरी ६ करोड ४७ लाख राजस्व संकलन गरेको छ भने मतस्य विकास केन्द्रले ४ सय ३६ राजस्व संकलन गरेको कोलेनीकाले जनाएको छ ।
आर्थिक बर्ष २०७०÷०७१ मा भन्दा ०७१÷०७२ मा २ करोड ८३ लाख ३३ हजार ४ सय ८८ रकम राजस्व बढी संकलन भएको कोलीनीकाका प्रमुख लोकनाथ गौतमले जानकारी दिए । जिल्लामा आर्थिक बर्ष ०७१÷०७२ मा जिल्ला अदालतले २३ लाख २१ हजार २०, सरकारी वकिलको कार्यालय ७ हजार ५ सय ४४, कोलेनीका ४ करोड ७९ लाख १६ हजार ३ सय ३८, घरेलु विकास समिति ५४ लाख ४० हजार ५ सय २६, कृषि विकास कार्यालय १ लाख २० हजार ८६, पशु सेवा कार्यालय १ लाख २३ हजार २ सय ६९, जिल्ला ट्राफिक ६७ लाख ३३ हजार ४ सय, मालपोत कार्यालय १ करोड ९९ लाख ३४ हजार ७ सय ९४, जिल्ला शिक्षा कार्यालय १ करोड २८ लाख १ हजार ६ सय ४२ राजस्व संकलन गरेका छन् । यसै गरी रेशम विकास आयोजना ४ हजार ५ सय, जिल्ला प्रहरी ७० हजार ९ सय, कारागार ६ सय ४२, जिल्ला वन कार्यालय ३१ लाख ९४ हजार २ सय ८१, नापी कार्यालय ८६ हजार ५ सय ४५, महिला वालवालिका १४ सय, शम्शेर गुल्म ३० हजार ९ सय ६, खानेपानी डिभिजन १ लाख ३९ हजार ५ सय ३५, डिभिजन सहकारी १ लाख २५ हजार, सिंचाई ४ लाख ६७ हजार १ सय ४२, जिल्ला हुलाक १८ लाख ९० हजार ३ सय ६० राजस्व संकलन भएको तथ्याङक कोलेनीमा रहेको छ ।
अन्य सरकारी कार्यालयहरुमा जिल्ला विकास समिति ३१ लाख २६ हजार १ सय ३६, पुतलीबजार नगरपालिका ४६ हजार ४ सय ९५, प्राविधिक कार्यालय १ लाख ४५ हजार ६ सय ११, स्वास्थ्य कार्यालय १ लाख ६४ हजार ६०, आयुर्वेदिक स्वास्थ्य २ हजार ७ सय, जिल्ला अस्पताल ९१ हजार ८ सय २५ र जिल्ला तथ्याङक ३० हजार राजस्व संकलन भएको कोलेनीकाले जनाएको छ । वालिङ नगरपालिका र चापकोट नगरपालिकाको भने करमा जम्मा गर्नुपर्ने रकम जम्मा नगरेका कारण राजस्व संकलन नभएको बताइएको छ ।  दुई आर्थिक बर्षको तुलनामा ०७१÷०७२ मा झण्डै दुइकरोड राजस्व बृद्धि भएको छ । यो आर्थिक बर्षमा न्यायिक दस्तुर बढेकाले राजस्वमा बृद्धि भएको अनुमान गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका सरकारी कार्यालयले ४४ प्रकारका शिर्शकमा कर लगाउने भएकाले राजस्व संकलन हुदै आएको छ । जसमा सबै भन्दा बढी राहदानी वितरण वापतबाट राजस्व संकलन भएको छ भने सबै भन्दा कम निकायको मुनाफामा लाग्ने—प्रइभेट लिमिटेड कर रहेको छ । जसमा १ रुपैया राजस्व संकलन भएको देखाएको छ ।
जिल्लामा भएको राजस्व संकलनमा सन्तोषजनक नदेखिएको कोष तथा लेखा प्रमुख गौतमको भनाई छ । स्याङ्जामा २० देखि २५ करोड सम्म राजस्व संकलन हुन्छ भन्ने अनुमान गरिएको थियो । तर धेरै राजस्व चुहिएको होकी भन्ने अनुमान गरेका छौं प्रमुख गौतमले भने,“उपभोक्ता समितिका नाममा भएका हरेक कार्यक्रममा वितरण गरिने भत्ताको १५ प्रतिशत कर जम्मा नभएको पाइएकोले कम भएको हो ।” कानुन सबैलाई समान छ जसले जति आर्जन गर्छ त्यही अनुसार राज्यलाई कर तिर्नुपर्छ गौतमले थपे । अर्को तर्फ जिल्लामा विकास र प्रशासनिक खर्चका लागि आएको बजेट मध्ये आर्थिक बर्ष २०७१÷०७२ मा ठुलो रकम फ्रिज भएको छ । कुल ३ अर्व ९ करोड १२ लाख ८८ हजार आएकोमा २ अर्व ८७ करोड ९५ लाख ४३ हजार रकम मात्रै खर्च भएको कोलेनीका प्रमुख गौतमले बताए । जिल्लामा २१ करोड १७ लाख ४५ हजार रकम काम हुन नसकेर फ्रिज हुन पुगेको छ । ठुलो रकम फ्रिज हुनु जिल्लाको लागि दुर्भाग्य हो कोलेनीका प्रमुख गौतमले भने,“जिल्लामा चाहिने भन्दा बढी रकम आएर हो वा खर्च गर्ने क्षमता र आर्थिक मसान्तमा रकम आएर हो यस बिषयमा अध्ययन गर्नु जरुरी छ ।” सबै भन्दा बढी विकासे अड्डाको रुपमा रहेको जिल्ला विकास समितिले रकम फ्रिज गरेको छ गौतमले थपे । जिविसले ९ करोड ४७ लाख ८१ हजार रुपैयाँ रकम फ्रिज गरेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top