सभासद कुमार खड्काले भदौँ मसान्तसम्ममा संविधान जारी हुने बताउनभुएको छ । सिमाङ्कनको विषयलाई लिएर विभिन्न ठाउँमा भएका आन्दोलनले संविधान निर्माण प्रक्रियालाई केही असर पारेको बताउँदै सभासद खड्काले असन्तुष्ट दलका उचित मागलाई सम्बोधन गरी भदौ मसान्त भित्रै संविधान जारी हुने बताउनुभएको हो । उहाँले प्रदेशको संख्या घट्न सक्ने तर ६ वटा भन्दा बढी नहुने समेत स्पष्ट पार्नुभयो ।
लामाचौर घार्मी आलेवारी अम्वरेश्वर ग्रामीण सडकका प्रतिनिधिसँग आफ्नै निवासमा कुराकानी गर्दै खड्काले बजेट पारित भएपछि विकास निर्माणका कामले तिव्रता पाउने बताउनुभयो । ३२ वर्ष देखि निर्माण हुन नसकेको अमलाविसौनी घार्मी आलेवारी अम्वरेश्वर सडकलाई राष्ट्रिय योजनामा पार्न मुख्य भूमिका खेल्नुभएका खड्काले सरकारकै कारण विकास निर्माण काममा ढिलाई हुने गरेको आरोप लगाउनुभयो ।
चैतमा बजेट विनियोजन गर्ने र असारमा काम सम्पन्न गर्नुपर्ने वाध्यताका कारण सोचे अनुरुपको काम हुन नसकेको उहाँको भनाई थियो । खड्काले यस आर्थिक वर्षको रातो कितावमा परेका योजनाको सर्वे तथा निर्माण कार्य कार्तिक पछि मात्रै सुरु हुन सक्ने बताउनुभयो । उक्त ग्रामीण सडक एकैचोटी सम्पन्न गर्न नसकिने बताउँदै उहाँले उक्त सडक निर्माणका लागि ढोका मात्रै खोलिएको स्पष्ट पार्नुभयो ।
सरकारको सानो रकमले उक्त सडक निर्माण गर्न लामो समय लाग्ने बताउँदै सडक निर्माणका लागि अन्य पहल समेत भैरहेको बताउनुभयो । उक्त सडकमा आफ्नो समेत भविष्य जोडिएकाले समितिले ध्यान नदिए पनि आफ्नै सक्रियतामा पहल जारी राख्ने खड्काले दाबी गर्नुभयो ।
खड्कालाई भेट्न समितिका अध्यक्ष धर्मराज आचार्य, सचिव डिल्लीराम पौडेल, सहसचिव विष्णुप्रसाद अधिकारी, उमाराज वास्तोला, बैकुण्ठ पौडेल, कमलमोहन आचार्य, युवा व्यवसायी पोषराज पौडेल, बासुदेव लामिछाने, कूलप्रसाद आचार्य लगायतका उहाँकै निवासमा पुग्नुभएको थियो । उनीहरुले सडक निर्माणलाई पूर्णता दिन बढी भन्दा बढी बजेट विनियोजनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.