सप्तरी, ३० साउन । सप्तरीको कञ्चनरुप नगरपालिका– ५ मा बहुविवाह गरेको आरोपमा एक दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउपर्नेमा स्थानीय ३५ वर्षीय राजिवकुमार गुप्ता र उनकी ३२ वर्षीया श्रीमती हीराकुमारी गुप्ता रहेका छन् ।राजिवको अर्की ३३ वर्षीया श्रीमती रिंकुकुमारी गुप्ताले दिएको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो । आरोपितहरूलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी नियन्त्रणमा राखिएको छ ।गुप्ताले गत जेठ २५ गते दोस्रो विवाह गरेका थिए । विवाहपछि रिंकुले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते उजुरी दिएकी थिइन् । उजुरीका आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको बताएको छ । गुप्ताले रिंकुसँग गत ०६३ वैशाख २८ गते सामाजिक परम्पराअनुसार विवाह गरेका थिए भने अहिले रिंकुका दुई छोरी रहेको बताइएको छ । रासस
जेठी श्रीमती छाडेर कान्छी ल्याउँदा जेलको बास
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.