Advertisements
पोखराको बाटुलेचौरमा रहेको हिमालय क्लवले विभिन्न व्यक्तिलाई सम्मान गर्ने भएको छ ।
क्लवको पुस्तकालय निर्माण, भुकम्प पिडित सहयोग कोषका सहयोगदाता तथा अर्मलाको सिद्ध मन्दिरको पुर्न निर्माणमा सहयोग गर्ने २५ जनालाई सम्मान गर्न लागेको क्लवका सचिव मोहन थापाले जानकारी दिनुभयो ।
क्लवको एघारौं अधिवेशनका अवसरमा आगामी ३० गते शनिवार मन्दिर पुर्न निर्माणमा सहयोग गर्ने डब्लु ओ टु जीतबहादुर गुरुङ्ग, शेरा गुरुङ्ग, क्या.दुर्गा बहादुर गुरुङ्ग, रामबहादुर गुरुङ्ग, चिनबहादुर गुरुङ्ग, जुमप्रसाद गुरुङ्ग, दुर्गा के.सी. थापा, तेज बहादुर गुरुङ्ग, दुर्गालाल श्रेष्ठ, दिलप्रसाद गुरुङ्ग, आकाश श्रेष्ठ, बुद्धिकुमारी बोगटी, पदमबहादुर कार्की, टोपनारायण श्रेष्ठ, शुशिल बस्नेत, चन्द्रबहादुर बस्नेत, क्या. कृष्णबहादुर गुरुङ्ग, रुद्रबहादुर गुरुङ्ग, झङ्कनाथ देवकोटा र चित्र गुरुङ्ग ,त्यस्तै भुकम्प पिडित सहयोग कोषमा सहयोग गर्ने गंगाबहादुर बस्नेत, गोविन्द बहादुर थापा, विनोद चुल्याहु, भवन निर्माणमा सहयोग गर्ने इन्द्र शाहलाई सम्मान गरिने भएको हो ।
कार्यक्रममा जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष याम बहादुर गुरुङ्ग लाई बधाई संगै स्वागत गरिने बताइएको छ । अधिवेशनको उद्घाटन पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदय राना मगरले गर्नुहुनेछ । अधिवेशनले आगामी कार्यकालका लागी नयाँ समिति चयन  गर्ने छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top