भारतको यूपीमा गाईको बाच्छीलाई करणी गरेको आरोपमा प्रहरी समक्ष उजुरी परेको छ । प्रहरीले अप्राकृतिक यौनसम्बन्ध कानुन अन्तर्गत पहिलो चरणको एफआइआर दर्ता गरेको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार, प्रहरीले बलात्कार गरिएकी बाच्छीको मेडिकल जाँच समेत गरेको छ । कानुनतः यो मुद्धामा १० वर्षदेखि जन्मकैदसम्मको सजाय हुनसक्छ । स्थानीयस्तरमा मेडिकल जाँच गर्दा बाच्छीमाथि बलात्कार भएको संकेत नदेखिएपछि उक्त नमूनालाई आगराको प्रयोगशालामा पठाइएको बताइन्छ ।
उत्तरप्रदेशको बुलन्दशहरमा अवस्थित अहमदगढ थाना क्षेत्रको नगला मुण्ड गाउँमा दिनेश गिरि नामका एकजनाविरुद्ध बाच्छीमाथि बलात्कारको मुद्धा दर्ता गरिएको हो । ४ अगस्तका दिन साँझपख नगला मुण्डका सुखपाल गिरीले आफ्नो बाच्छीसँग बलात्कार भएको भन्दै मुद्धा दर्ता गर्न आएपछि प्रहरीले कारवाही अगाडि बढाएको थियो ।
प्रहरी रेकर्ड अनुसार, रिपोर्ट दर्ता भएपछि बाच्छीले बयान दिन नसक्ने भएकोले प्रहरीको अनुसन्धानले मात्रै सत्यतथ्य पत्ता लाग्ने ठहर गरी प्रहरी अनुसन्धानमा जुटेको थियो ।
हालैमात्र भारतमा ‘मिस टनकपुर हाजिर हो’ भन्ने चलचित्रमा भैंसीमाथि बलात्कार भएपछि भैंसीलाई नै अदालतमा बयानका लागि बोलाइएको घटना जस्तै प्रत्यक्षमा घटको यो घट्नाले कुन मोड लिन्छ, त्यो भने हेर्न बाँकी छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.