Advertisements
प्रबिधिको बिकासले मानिसलाई आफ्नो दैनिक काम गर्न निकै सहजता भईरहेको छ । एउटा मोबाईलले ईन्टरनेटको माध्यमबाट सारा संसारसँग जोडि दिन्छ । यसैक्रममा ईन्टरनेटको क्षेत्रमा रमाउनेहरुको लागी एउटा नयाँ प्रबिधि बन्दैछ । अब रातदिन अनलाईन बस्ने मानिसहरुसँग उसको घरको भित्ताले नै मान्छे जसरी कुराकानी गर्नेछ । यो भित्तामा फेसबुक अपडेट देखि लिएर स्केचको आकारमा स्काईपबाट आफ्ना साथीभाईसँग गफगाफ गर्न समेत मिल्छ ।
एक स्पेनिश डिजाईनर एजेन्सीले यस्तो खालको भित्ताको परिकल्पना गरेको हो । थिन्क बिग फ्याक्ट्रि नामक डिजाईनर एजेन्सीका निर्देशक क्युरस मान्सले आँफुहरुले बिकास गरेको यो प्रणालीको हार्डवेयर तयार भईसकेको र सफ्टवेरको ४० प्रतिशत काम पुरा भईसकेको बताएका छन । निर्माता कम्पनिका अनुसार आफ्नो घरको यस डिजिटल भित्ताको अनलाईन गतिबिधिलाई तपाईले जहाँ कहिँबाट नियन्त्रित गर्न सक्नु हुन्छ ।
तपाईले बोलेरै भित्तामा निर्देशन दिन सक्नु हुन्छ । घरमा रहेका हरेक चिजलाई सञ्चारको माध्यमले प्रयोग गर्न सकिने दावी निर्माता कम्पनिको छ । तर यसलाई चलाउन एक जना मान्छे भने घरैमा बस्नु पर्ने बताईएको छ । घरका चारै कुनामा स्काईपलाई साईन ईन गरेपछि यस प्रबिधिको मद्दतले तपाईले आफ्नो हातको ईसारा मै घरका बत्ति बाल्न र निभाउन सक्नु हुनेछ ।
डिजिटल भित्ताको मद्दतले घरका हरेक उपकरणलाई तपाईले नियन्त्रित गर्न र संगित समेत सुन्न सक्ने बताईएको छ । निर्देशक क्युरसले यस्तो डिजिटल घर अरुभन्दा खासै अलग नहुने बताएका छन । डिजिटल भित्ता तपाईको ल्यापटप, कम्प्युटर वा मोबाईलबाट समेत नियन्त्रित हुनेछ । तपाईले आफु बस्ने कोठाको भित्तामा नै सोशल साईट देखि लिएर म्याग्जिन सर्फ गर्न र भिडियो गेम समेत खेल्न सक्नु हुनेछ ।
माईक्रोसफ्टको किनेक्ट क्यामराको माध्यमले प्रोटोटाईप प्रबिधिले प्रयोगकर्ताको गतिबिधिलाई कैद गर्दछ, र त्यसै अनुरुप घर भित्र दिईएको निर्देशनलाई सञ्चार गर्छ । यो प्रबिधिमा प्रोजेक्टर र सेन्सरको मद्दतबाट भित्ताको स्क्रिन परिवर्तन गर्न सकिने बताईएको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top