Advertisements
वालवच्चाको उज्वल भविष्य बनाउने सपना बोकेर वैदेशिक रोजगारीको शिलसिलामा कतार पुगेका उनी अहिले श्रीमती सम्पत्तीसमेत लिएर अर्कैसँग हिँडेपछि तनावमा परेका हुन् । बाह्र लाख रुपैयासहित श्रीमती अर्कैसंग फरार भएपछि रुकुमको विजयश्वरी गाविस वडा नं ४ नाखिराका धनिराम गिरी अहिले तनावमा रहेका छन् ।  दम्पत्तीबीच सहमतिमै गिरी कतार गएपनि त्यसको वर्ष दिन पुग्न नपाउदै श्रीमती चन्द्रकला ५ वर्षे छोरा र ६ वर्षकी छोरी लाई मध्यराती घरमा सुतेको अवस्थामा छाडेर अर्कैसँग भागेको छिमेकीले वताएका छन् । आमा अर्कैसंग विहे गरेर गएपछि अलपत्र परेका वालवच्चा मामली घरमा वस्दै आएका छन् । १२ वर्ष पहिले विहे गरेका धनिरामले खच्चड विक्रि गरेको नगद जिन्सी र हाल सम्म कमाएको जम्मा १२ लाख रुपैया लिएर उनी भागेको बताइएको छ । कतारमा सेक्युरीटी गार्डमा काम गर्ने गिरी घरमा आउन चाहेको भएपनि कम्पनिले २ वर्ष नपुगे सम्म जान नदिने भएपछि झन् चिन्तित वनेका छन् । चन्द्रकला भागेर गएको केटाको नाम र ठेगाना खुल्न सकेको छैन ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top