Advertisements
काठमाडौं - गायिका ज्योती मगरले अभिनय गरेको तीज गीत ‘ढाडे बिरालो’का बिषयमा सामाजिक संजालमा तिब्र आलोचना भइरहेका बेला लोक तथा दोहोरीगीत प्रतिष्ठानले पनि त्यसमा चासो देखाएको छ । चल्तीका गायकहरु कार्यसमितिमा रहेको लोक तथा दोहोरीगीत प्रतिष्ठानले एक बक्तब्य जारी गर्दै अश्लिल गीत तथा भिडियोहरु सार्वजनिक नगर्न ज्योती मगरलाई सचेत गराएको छ । ‘ढाडे विरालोसँग सम्बन्धित समाचार र टिकाटीपप्पणीबाट संघ गम्भीर भएको छ’ बक्तब्यमा भनिएको छ- ‘सामाजिक मर्यादामा आँच आउने शब्द भएका गीत सार्वजनिक नगर्न नगराउन र लोकगीतमा अश्लिलता झल्किने अभिनय नगर्न नगराउन बिज्ञप्तिमार्फत् सचेत गराउँछौं ।’ साथै संघले यसअघि सार्वजनिक भइसकेका भद्दा र अमर्यादित लाग्ने गीतहरुलाई प्रोत्साहन नगर्न संचारमाध्यमसहित सवै कलाकार र दशर्कलाईसमेत अनुरोध गरिएको छ । संस्थाका जिम्मेवारी पदाधिकारीले नै यस्ता गीतहरु सार्वजनिक गर्नु संस्थाको आदर्श विपरित हुने भन्दै त्यस्तो क्रियाकलापमा संलग्न नहुन सवै सदस्यलाई संघले निर्देशन दिएको छ । तीज गीत ढाडे बिरालोमा गरिएको अभिनय र शब्दप्रति अहिले सामाजिक संजालमा तिब्र असन्तुष्टी फैलिएको छ । गायक रामप्रसाद खनाल लगायतले सो गीतका कारण अश्लिलता फैलिएको भन्दै आपत्ति जनाएका थिए ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top