Advertisements
संबिधानको प्रारम्भिक मस्यौदाको बिरोधमा गत तिनदिन देखी प्रदर्शनमा उत्रेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरी बिच मंगलबार बिहान सप्तरीको भारदहमा झडप हुदा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । प्रदर्शनकारीहरुले अन्धाधुन्दा सवारी तोडफोड मच्चाउन थालेपछि स्थिती नियन्त्रणका लागि प्रहरीले गोली चलाएको बुझिएको छ ।
प्रहरीले चलाएको गाली लागी सप्तरी भारदह का राजीव रौतको मृत्यु भएको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । प्रदर्शनको क्रममा प्रहरीले गोली चलाएर एकको हत्या गरेको भन्दै प्रदर्शनकारीहरुले भारदह सडक खण्ड बिहानै देखी अवरुद्ध बनाएका छन भने प्रहरी र प्रदर्शनकारी बिच पटक पटक झडप भइरहेको बुझिएको छ ।
झडपमा संघीय समाजवादी जिल्ला अध्यक्ष दिनेशकुमार यादवसहित १८ जना घाइते भएको जिलला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top