Advertisements
हालसालै फेसबुक की इंटर्नशिपमा भारतीय छात्र को प्राइवेसी सेटिङमा केही अदलबदल गरेको आरोपमा निकालिएको खबर नसेलाउँदै सोशल मीडिया साइटको सबैभन्दा ठूलो यो कम्पनी सँग जोडिएको खबर बाहिर आएको छ । यदि तपाई आफ्नो प्रोफाइलमा आफ्नो मोबाइल वा फोन नंम्बर राख्नुभएको छ भने तुरुन्त हटाउनुहोस् ।
बास्तवमा यसैको मद्दतबाट कसैले पनि फेसबुक सर्च बारमा तपाईको नम्बर टाइप गरेर तपाईको सारा जानकारी निकाल्न सक्छ यदि तपाईले प्राइवेसी जतिसुकै सुरक्षित राखेको किन नहोस् ।
एक रिपोर्टको अनुसार साल्ट एजेन्सीको टेक्निकल डाइरेक्टर रेजा मोइनुद्दीनले एक कोडिंङ स्क्रिप्टको द्वारा अमेरिका, इग्ल्याण्ड र क्यानडाका सबै नम्बरको कम्बिनेशन बनाएको र उनले लाखौ नम्बरलाई फेसबुकको एप बिल्डिङ प्रोग्राम (एपीआई) मा पठाएको र लाखाौ निजी प्रोफाइलको जानकारी मिलेको थियो । सिक्यूरिटीसँग गाँसिएको यति ठूलो कमजोरीका कारण थोरै जानेको जो कोही इन्टरनेट यूजर फेसबुक नम्बर राख्ने व्यक्तिहरुको व्यक्तिगत जानकारी निकालेर त्यसलाई दुरुपयोग समेत गर्न सक्ने मोइनुद्दीनले बताएका छन् ।
फेसबुकले पनि यस (एपिआइ) सम्स्या अप्रिल महिनामा समाधान गर्ने बताएको छ । तर यो सम्स्या अझै सम्म उस्तै रहेको छ यो एउटा कमजोरीका कारण फेसबुकको लगभग १४ लाख यूजरको एकाउण्ट ह्याकरको लागि उपलब्ध छ ।
कम्प्यूटर साइन्स् र म्याथको छात्र आरन खन्नाले इन्टर्शिपको बेला 'मैरुएडर्स म्याप' नामका एक प्लगइन बनाएका थिए यसबाट फेसबुकको प्राइवेसी सेटिङको कमजोरी सबै सामू आएको थियो ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top