Advertisements

ब्राजिलको स्वास्थ्य मन्त्रालयले यौनका बिषयमा उल्लेख गरीएको एउटा वेवसाईट अर्थात अनलाईन अभियान रद्ध गरीदिएको छ । जुन अनलाईन अभियानमा म यौनकर्मी हुँ म खुशी छु तर अरु खुशी छैनन् भन्ने बिषय प्रकाशन भएको थियो ।
यस अनलाईनमा प्रकाशित यो सन्देश एक शैक्षिक कार्यक्रम प्रति लक्षीत थियो । जो यौन सम्बन्धी समस्या बाट बिरामी भएको छ वा यौनकर्मी प्रति गलत धारणा बनाउँनछ त्यस धारणालाई अन्त्य गर्न यो सन्देशको प्रयोग गरीएको थियो । ब्राजिलमा यो बिज्ञापनलाई बबाल भएको थियो । केही आलोचकहरुले भने यो बिज्ञापनले बेश्याबृत्ति बढ्ने बताएका छन् ।
स्वास्थय मन्त्रि लेग्जेण्डर पाडिला ले यस्ता बिज्ञापनलाई समर्थन दिन नसक्ने बताएकाछन् । उनले यस्ता खालका बिज्ञापनको आवाश्यकता पनि नभएको र आफु मन्त्रालयमा भए सम्म यस्ता बिज्ञापनहरु प्रकाशन वा प्रसारणमा मन्त्रालयको हिस्सा नहुँने बताएका छन् । एड्स बिरुद्धको अभियानका लागी ब्राजीलको सरकारले भने निक्कै तारिफ गरेको थियो ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top