बाँकेको कोहलपुर नजिकै रोहिणी खोलाका बासिन्दाले गाउँमा पर्यटक भित्र्याउन ‘धरहरा’ निर्माण सुरु गरेका छन् । गाउलेहरुको आफ्नै पहलमा उनीहरुको सिर्जना सामुदायिक वन समूहले ‘धरहरा’ बनाउन थालेको हो । गत बैशाख ४ गते समूहका अध्यक्ष दशरथ पराजुलीले शिलान्यास गरेको उक्त संरचनालाई बैशाख १२ गतेको भुकम्पपछि निर्माणमा तिव्रता दिइएको स्थानीयबासी गणेश पाण्डेले जानकारी दिए ।
‘भुकम्पले धरहरा भत्किएपछि निर्मार्णाधिन भ्यू टावरलाई धरहरा नामाकरण गरिएको छ’, पाण्डेले भने, ‘सबैले यसलाई धरहरा भनेर सम्बोधन गरिरहेका छन् । सात तला सम्म निर्माण भैरहेको उक्त भ्यू टावर नौ तलासम्मको निर्माण गरिंदैछ ।
सिर्जना सामुदायिक वनका सचिव विनुकुमारी पाण्डेले १३ लाख रुपैयाँ लगानी गरिसकिएको जानकारी दिंदै सयौं गाउ“लेले दैनिक जनश्रमदान गरिरहेको बताइन् । १ सय ८ घरधुरी रहेको सिर्जना सामुदायिक वनका सदस्यले प्रतिघर २० जनाले जनश्रमदान गरिसकेको सचिव पाण्डेले जानकारी दिइन् । - नेपालगञ्जन्यूज

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.