Advertisements
वीर्य लाई रसायनिक दृष्टिकोणले हेर्ने हो भने यसमा केही सामान्य कार्बोहाईड्रेड, केही प्रोटिनका साथमा मुख्यतया: पानी हुन्छ । यसमा भएको पदार्थ एक विशेष मानवकोष ‘शुक्रकीट’ बाँच्न सकोस् भनेर संरचना गरिएको हुन्छ, त्यसैले मानवकोषलाई हानि गर्ने किसिमको कुनै पदार्थ यसमा हुँदैन । अर्को कुरा, हाम्रो सुरुवात नै वीर्यमा रहेको कुनै एक शुक्रकीटवाट भएको हो र आधाजसो वंशाणु हामीले त्यसबाट नै पाएका छौं ।
वीर्य निलिएपछि आमाशय (पेट) मा पुग्छ र त्यहाँको पाचनरस -एसिड) मा शुक्रकीटहरू मर्छन् अनि अन्य पदार्थका साथै त्यसलाई पनि मानिसले पचाउँछ । कसैकसैलाई धारणागत भिन्नताका कारणले वीर्य मुखमा परेको मन नपर्न सक्छ । कसैलाई यसको स्वाद वा गन्ध मन पर्दैन ।
त्यसो हुँदा वाकवाक लाग्ने हुन सक्छ, तर यहाँ तपाईंकी श्रीमतीलाई त्यस्तो कुनै कुरा भएको तपाईंको प्रश्नमा देखिँदैन । तपाइर्ंले खाने कतिपय कुराले वीर्यको स्वादमा केही परिवर्तन ल्याउन सक्छ । उदाहरणका लागि कफी वा रक्सीको सेवनले यसमा तीतोपन बढी हुन्छ भने भुइँकटहर, आँप, किबी, काँक्रो, पार्सलेजस्ता वस्तुले गन्ध राम्रो बनाउँछ । एचआईभी तथा यौन रोग सर्ने सन्दर्भमा वीर्यपानको कुरा पनि निकै उठ्ने गरेको पाइन्छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top