Advertisements
पोखरामा केहि दिन अगाडी हावाहुरीको बढ्दो चापका कारण सराङ्कोटबाट ८ वटा प्याराग्लाइडर चालकसहित फेवातालमा खसेको थियो जसको भिडियो एक बिदेशीले यूटूबमा राखेका छन् । पोखरामा भइरहेको प्याराग्लाइडिङ सम्बन्धी प्रतिस्पर्धात्मक खेल "प्रि वर्ल्डकप" मा सहभागी हुन ३५ देशका १ सय ५० पाइलट पोखरा आएका थिए ।

अचानक मौसम खराब हुन गइ ज्यादा हावाहुरी अाएका कारण अनियन्त्रित भएर खसेको प्याराग्लाईडर सबैलाई उद्दार गरिएको थियो । उक्त प्रतियोगितामा सहभागि सवै सम्पर्कमा आएको र फेवातालमा खसेकाको सबैको स्वास्थ्य अबस्था सामान्य रहेको आयोजक हवाई खेलकुद संस्थान ले जनाएको छ ।

मंगलबार दिउसो करीब १ बजेर ४५ मिनेट जाँदा फेवातालमा खस्न पुगेका विदेशी प्याराग्लाईडिङका पाईलटहरुलाई सि.आर.भि. हल्लनचोकको प्रहरी टोली, सशस्त्र प्रहरी वलको रेस्क्यु टिम, सशस्त्र प्रहरी वल मुक्तिनाथ बाहिनि, स्थानीय एवं आयोजकका पदाधिकारीहरुको टिम छिटो उद्धारमा जुटेको थियो ।

हेर्नुहोस् भिडियो कसरी खसेको थियो प्याराग्लाइडर







Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top