Advertisements
भारतका आरजेडी प्रमुख लालू प्रसाद यादवको फेसबुक एकाउण्ट ह्याक भएको छ । ह्याकरले एकाउण्ट ह्याक गरेपछि उक्त एकाउण्टमा अमर्यादित कमेन्ट तथा पोस्टहरु गरेका छन् । ह्याक भएपछि लालू यादवले आफ्नो छोरा र बिहारका उप मुख्यमन्त्री तेजस्वी यादवसँग यस बिषयमा चर्चा गरेका थिए ।

तेजस्वीले गराए घटनाको रिपोर्ट
तेजस्वी यादवले यस घटनाको रिपोर्ट पटनाको सचिवालय थानामा पेश गरिसकेका छन् । जसमा भनिएको छ कि लालू यादवको फेसबुक एकाउण्ट ह्याक भएको र त्यसमा भद्दा संदेश लेखिएको छ । पटना पुलिस उक्त हाई प्रोफाइलको छानबिनमा जुटिसकेको छ ।

इलेक्ट्रोनिक सर्भीलन्स को मद्दबाट जाँच
पुलिस अधिकारीका अनुसार इलेक्ट्रोनिक सर्भिलान्सको माध्यमबाट यस बिषयमा जाँच गरिनेछ । सबै भन्दा पहिला उक्त मोबाइल नम्बर ट्रेस गर्ने कोशिस गरिनेछ जसले फेसबुकको एकाउण्ट ह्याक गर्यो । नम्बर मिलेपछि सबै समस्याहरु समाधान हुनेछ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top